कोरियामा आर्थिक कारणले ४० प्रतिशत विवाहित जोडीले बच्चा जन्माउन छाडे !

कोरिया जानाकारी

सोल-कोरिया इन्स्टिच्युट फर हेल्थ एण्ड सोसियल अफेयर्सले हालै गरेको एक अध्ययन अनुसार यहाँका हरेक १० मध्ये ४ जना बिबाहित जोडीले आर्थिक अस्थिरताका कारण बच्चा जन्माउन नचाहेको बताएका छन् ।

१९ बर्ष देखि ४९ बर्ष उमेर समुहका २ हजार जना मानिसहरुमा गरेको उक्त अध्ययन अनुसार सो नतिजा देखिएको हो । उक्त सर्भेक्षणमा १ हजार २९ जना विवाहित

तथा ९ सय ७१ जना अविवाहित मानिसहरु रहेका थिए । अविवाहितहरु मध्ये ४४.७ प्रतिशत मानिसहरुले आर्थिक तरलताका कारण बच्चा जन्माउन नचाहेको बताएका थिए भने ३७.४ प्रतिशत विवाहितहरुले पनि सोहि प्रतिकृया दिएका थिए ।

यस बाहेक अन्य कारणहरु पनि सर्वेक्षणमा पाइएका छन् । ति मध्ये प्रमुख कारण बाल बच्चाको हेरचाह गर्ने समय, उनीहरुको लालनपालनमा लाग्ने खर्च धान्न समस्या हुने भएका कारण पनि उनीहरुले बच्चा जन्माउन नचाहेको बताएका छन् ।

महंगो जीवनशैली तथा अन्य विविध कारणहरु समेत अध्ययनमा पाइएका थिए जसका कारण उनीहरु बच्चा जन्माउन अनिक्षुक पाइएको अध्ययनमा बताइएको छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *