सोल-कोरोना माहामारीका कारण सिङ्गो विश्व लक डाउनमा रहेका बेला उत्तर कोरिया भने आफ्नो देश कोरोना भाइरस मुक्त रहेको वक्तव्यवाजी गरिरहेको छ । तर उत्तर कोरियाका गतिविधिहरु सूक्ष्म अध्ययन गरिरहेका रहेका विज्ञहरुका अनुसार उत्तर कोरियामा कोरोना कहर उसले भने जस्तो छैन । त्यहाँ पनि सैयौँको संख्यामा मृत्यु भएका तथा हजारौं =को संख्यामा मानिसहरु संक्रमित भएको जानकारहरु बताउदछन् ।
सोहि समस्यालाई सम्बोधन गर्न दक्षिण कोरियाली तथा अमेरिकी राष्ट्रपति वीच टेलीफोन वार्ता भएको तथा ट्रम्प प्रशाशन उत्तर कोरियालाई अत्यावश्यक मानवीय साहायता उपलव्ध गराउने विषयमा सहमत भएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले जनाएको छ । करिव आधा घण्टा भएको टेलिफोन वार्तामा
अमेरिकी राष्ट्रपति ट्रम्पले मुनलाई निर्वाचनमा पाएको सफलताका लागि बधाई दिएको तथा संक्रमणकै वीच सफल निर्वाचन गराएकोमा बधाई दिएका थिए भने उत्तर कोरियालाई कुन तरिकाले कोरोना माहामारीसँग लड्न सघाउन सकिन्छ भन्ने बारे छलफल भएको पनि कोरियाली राष्ट्रपतिको कार्यालयले बताएको छ ।
टेलीफोन संवाद दुई देशका प्रमुख वीच भएको यो महिनाको दोस्रो हो । फोनमा कोरोना बिरुद्ध प्रयोगमा ल्याइएका क्वारेन्टाइनलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने बारे पनि छलफल भएको बताइएको छ ।Hotpati