मेनपावरबाट कामदार भिसामा कोरिया आएका प्रबिन कसरी बने केइवी हाना बैंकका कर्मचारी ?

कोरिया जानाकारी

जगदिश गिरी/दक्षिण कोरिया,बाँके घर भएका प्रबिन पौडेल इन्जिनियरिङ पढन भारत गए । पढाइ सकिए संगै भारतमै बिभिन्न अवसर प्राप्त हुँदाहुदै आफ्नै देशमा केहि गर्नुपर्ने अठोटसंगै नेपाल फर्किए । सबै तिर बुझे पछि इलेक्ट्रिकपसल खोले साथैअन्य ठेक्कापट्टा लिन सुरु गरे । एउटै काममा अल्झिएर बस्न नसक्ने बानीले सहकारी संस्थामा ब्रान्च मेनेजर भएर पनि काम गरे ।

कृषि पेसामा पनि हातहाल्ने निधो गरे संगै माछा पालन सुरु गरे ।संगसंगै सुरु भयो माओवादी जनयुद्घ गाउँमै राम्रो गरिरहेका पौडेललाई माओवादीले आफै संग हिडाउने योजना बनाएको थाहा पाएँ । माओवादी द्वन्द्वका कारण देशनै थाला पर्यो संगै उनका व्यवसाय पनि धर्मराए। उता माओवादीबाट संगै हिडाउन हरसम्भव प्रयास भयो ।

ज्याननै असुरक्षित भए पछि व्यवसाय छोडेर काठमाडौं हानिए । व्यवसायमा लगानि गरेको पैसा डुव्यो, सुरु भयो ऋण त्यो समयमा २० लाख भन्दा बढी पैसा डुबेको थियो ।काठमाडौंमा जागिर गर्न थाले हायात होटलमा इन्जिनियरिङ डिपार्टमा, तलबले जीवन धान्न पुगे पनि ऋण तिर्न भने पुगेन् । सबै नेपालीको अन्तिम विकल्प विदेश भएझै उनको पनि अर्को विकल्प भएन । अमेरिका र कोरिया मध्ये एक देश जाने निर्णय गरे । दुबै देशको लागि प्रक्रिया अघि बढाए । अमेरिका भन्दा कोरियाको भिसा पहिला आयो । यो २००४ सालको कुरा हो । त्यस बेला कोरिया आउन लुम्बिनी अथवा मुनड्रप्स मेनपावरबाट ३ देखि १२ लाख सम्म तिरेर तिरेर आउँन सकिन्थ्यो । कोरियामा नेपाली भने बिभिन्न भिसा मार्फत केहि वर्ष पहिला देखिनै आउन सुरु गरेका थिए ।

पौडेल सन २००४ मा कोरिया आएर यहाँ एक इलोक्ट्रोनिक समान बनाउने कम्पनीमा काम गर्न थाले ।त्यो बेला कोरिया अहिलेको जस्तो थिएन खानपानको समस्या लगायत भाषाको पनि उत्तिकै थियो । अहिले त संसारमै कोरिया नेपालीमा लागि काम गर्ने सर्वाधिक उत्तम ठाँउ बनेको छ । उनले भने “परिवारसंग टाढा मात्रै हो अरु त कोरियाले सबै दिएको छ । काम त गर्नै पर्छ काम अनुसारको दाम पनि दिएकैै छ नि”। पहिला अहिलेको जस्तो एसियन खानेकुरा पाउने ठाँउ पनि थिएन र अनलाइनबाट किन्न सक्ने ज्ञान पनि थिएन । कति साथिहरु राम्यान (कोरियन चाउचाउ) खाएर छाक टार्थे ।

अर्को सबै भन्दा ठूलो समस्या भनेको कमाएको पैसा नेपाल पठाउनु थियो । पैसा पठाउने एउटै विकल्प हुण्डी थियो । अति महंगो त्यसको पनि भर थिएन । हुण्डीले पैसा खाइदिँदा मेरेका उदाहरण पनि छन् । एकलाख नेपाली पठाउदा करिब १९ लाख कोरियन पैसा बुझाउनु पर्थ्यो । यो रकम अहिलेको अवस्थामा झण्डै दुईगुणा हो । दिनरात एक गरेर कमाएको पैसा माया मारेर पठाउनुको विकल्प थिएन । बैंकबाट पठाउदा सस्तो भए पनि काम गर्ने समयमा बैंक जान नमिल्ने बिदामा बैंक पनि बन्द हुने साथै भाषागत समस्या समेत थियो । अहिले जस्तो इन्टरनेट बैंकिङ्गमा नेपालीको पहुच थिएन । पौडेलले करिब एकवर्ष पछि नेपालबाट आएको कम्पनी छोडे ।

ग्लोबल आईएमई बैंक जस्तो ठूलो संस्थका सीइओ चन्द्र ढकालले कारियामा काम गर्न सकेन तपाई कसरी सक्नु हुन्छ ? हुण्डीको चंगुल रहेको कोरियामा किन आफ्नो लगानी डुवाउनु हुन्छ भन्दै फर्काइयो कम्पनीले उनलाई अबैधानिक भने बनाएन । त्यसपछिको खाली समय रमाइलो भन्दा पनि बिभिन्न अनुभव बटुले साथै हुण्डी कारोवारले उनको मन भने बेचैन भएको थियो । तीन वर्षको भिषा सकिन नपाउँदै नेपाल फर्केका पौडेलले नेपालमा केहि गर्ने सोच बनाए । जुन सफल भएन । २००७ बाट कोरियाले इपीएस मार्फत नेपाली कामदार ल्याउन सुरु गर्यो । जसको लागि भाषा परिक्षा पास हुनुमात्रै एक विकल्प बन्यो ।त्यहि समायमा उनले कोरियन भाषा पढाउन थाले । आफूले पनि भाषा परिक्षा दिए उत्तिर्ण भए तर कोरिया गएनन । त्यसै बिच रेमिट्यान्स कम्पनी खोल्ने रुद्र शर्मासंग सल्लाह भयो । केहि व्यवसायीसंग मिलेर लगानी गरे ।

कोरियाको उरि बैंकका सीइयो र हानाका पूर्व कर्मचारी नेपाल गएको संयोग मिल्यो केहि सकारात्मक सल्लाह भयो । नयाँ खुलेको हाना बैंकले सहाकार्य गर्ने इच्छा देखाए पछि उनलाई थप बल पुग्यो । कोरियामा रेमिट्यान्स कम्पनी प्रभावकारी हुने सरकारलाई पनि फाइदा संगै कामदारले पठाएको पैसा पनि बैधानिक हुने भए पछि पौडेल साच्चिकै खुशी भए । उनि सो योजना सहित राष्ट्रिय वाणीज्य बैंक गए । रेमिट्यान्सको लागि नेपालमा पनि बैक आवस्यक पर्दथ्यौ । सरकारी बैंक संगै मिलेर काम गर्न पाए कोरियाको बैंकलाई पनि मनाउन सजिलो हुने सोच सहित राष्ट्रिय वाणिज्य बैक गए ।

सरकार बिदेशी लगानी भित्र्याउन मरिहत्त गर्छ । तर राज्यले हिरा चिन्न सकेन्

बैंकका कर्मचारीले उनको खुशी धेरै टिक्न दिएन् । ‘ग्लोबल आईएमई बैंक जस्तो ठूलो संस्थका सीइओ चन्द्र ढकालले कारियामा काम गर्न सकेन तपाई कसरी सक्नु हुन्छ’ ? हुण्डीको चंगुल रहेको कोरियामा किन आफ्नो लगानी डुवाउनु हुन्छ भन्दै फर्काइयो । यसले उनलाई निरास बनायो सरकारी बैंकले प्रोत्साहन गर्नुपर्ने ठाउमा निरुत्साहन गरेर पठायो । तर, पौडेल हार मान्ने मान्छे मध्येका थिएनन् । लगत्तै सानिमा बैंक गए निजी क्षेत्रको बैंकले उनलाई चासो दियो । सन २०१२ मा उनि सानिमा बैंकको मार्केट बिस्तार गर्ने भन्दै रेमिटलाई सानिमा बैंक संग सम्झैता गराए र आफू बैंकको कोरियाकोलागि आधिकारिक प्रतिनिधि भएर ३ महिने भिसामा कोरिया आए । सो अवधिमा निकै दुख खेप्नु पेरेको सम्झे हप्ता अथवा दश दिनमा एक पटक कोरियाको दोस्रो ठूलो बैंक केइबीहानासंग मिटिङ गर्ने अवसर पाइन्थ्यो । फेरि भिसा थप्न नेपाल जानु पर्ने निकै झंझट भएको सम्झिए ।

लामो समयको मेहनत पछि केइबी बैंक सहकार्यको लागि तयार भयो । त्यति बेला सानिमा बैकको जम्मा १९ ओटा शाख मात्रै थिए । यताको बैंकले त्यति सानो बैंकले नेपालमा काम गर्न नसक्ने भन्दै संका गरे पछि अन्तिममा आएर सबै बन्न लागेको काम रोकियो । पौडेलले लगत्तै कृषि विकास बैंकसंग पनि टाइअफ गरे । यताको बैंक संग भने सानिमा नै प्रथमिकतामा राख्न भने । यदि सानिमाले गर्न नसकेको खाण्डमा कृषि बैंकसंग गर्ने सर्त राखे । सुरु भयो नेपाल पैसा पठाउन हुण्डीलाई जी-हजुरी गर्नुपर्ने दिनको अन्त्य । समस्या समाधान भने भइसकेको थिएन । त्यस बेला सबै नेपाली कामदारको बैंक सम्म पहुच थिएन । उनले भने त्यस बेला शनी र आइतबार नेपाली कामदार भएको कम्पनीको कोठा कोठा पुगेर खाता खोल्यौं । उनको लगन , मेहनत र काम प्रतिको इमानदारीता देखेर केइबी बैंकले जागिर संगै वकिङ्ग भिसा पनि दियो ।

सुरुमा एक जना वुसान बस्ने नेपालीको पैसा पठाए एक लाख नेपाली त्यस बेला हुण्डी बाट सो रकम पठाउन करिब १२ लाख वन पर्दथ्यो त्यो पनि नेपाल पुग्ने टुङ्गो नहुने । बैधानिक बाटो बाट पठाउदा झन सस्तोमा पैसा पुगे पछि उनले फेसबुकमा पोस्ट गरे । पोस्ट गरेको केहि समयमा उत्त पोस्ट भाइरल भयो । यहाँ भएका हुण्डीदलालको निद हरायो साथै हुण्डी दलालले उनलाई डर ,धम्की ,लोभ सबै देखाए घरमा समेत फोन गर्न पछि परेनन् । पौडेलले भने “मैले राम्रो काम गरेको थिए मासले मलाई साथ दिने छ भन्नेमा ढुक्क थिए, । त्यसैले एक रत्ति पनि विचलित भइन” ।सचिव ज्यू र डिजी ज्यूले मौखिक रुपमा हटाउन भने पछि मैले हटाएको हुँ यदि ,उहाँहरुले फेरि राख्न भने मलाई राख्न कुनै समस्या छैन् भन्ने जवाफ इपीएसका डाइरेक्टर बाबुराम खतिवडाले दिए

त्यस समय प्राय हुण्डीे कारोवारीका हर्ताकर्ता यहाँ होटल व्यवसाय गरेर बसेका नेपाली, एनआरएन जस्ता संस्थामा आबद्घ व्यत्ति थिए । हुण्डी भन्दा बैंक सस्तो भए पछि सबैको आर्कषण बढ्यो संगै रेमिट पनि , सन् २०१२मा जम्म ५ प्रतिशत रेमिट नेपाल गएकोमा अघिल्लो वर्ष सन् २०१९मा करिब ४० प्रतिशत रेमिट नेपाल भित्रीयो । यो राज्यसंगै पैसा पठाउनेलाई पनि फइदा हो । अहिले पनि बैधानिक बाटो भन्दा अबैधानिकबाट पैसा पठाउने नेपालीको संख्या बढी छ ।यसमा सरकारले चाँसो दिन आवश्यक रहेको छ । उनले भने “कित सरकारले अहिले हुण्डीलाई छुट दिए जस्तै भोलि नेपालमा पुगेको पैसालाई पनि छुट दिनु पर्यो । कोरियाबाट गएकाको आम्दानीको स्रोत खोज्नु भएन “। केहि सस्तोको लागि अहिले पनि धेरै नेपाली जानीनजानी हुण्डीबाट पैसा पठाउने गरेका छन् । भोलि नेपालमा अम्दानिको स्रोत देखाउनु पर्यो भने यता दुख गरेको पैसा कागज सरह हुन सक्ने चिन्ता व्यक्त गरे । सरकारले चाह्यो भने हुण्डी कोरोवारलाई आजको भोलि रोक्न सक्छ ।यस विषयमा मैले सरकार लाई पटक पटक लिखित तथा मौखिक रुपमा भनेको छु । सरकारबाट आवश्यक पहल नहुनु दुखद कुरा हो । सन २०१८ मा अर्थमन्त्रालयमा रेमिट्यान्सलाई बैधानिक बाटोबाट स्वदेश भित्र्याउने एजेण्डा सहित समिती गठन भयो । विविध कारणले पछि सिमिति बिगठन भयो ।

७२ सालको महाभूकम्पमा पौडेलकै पहलमा केइबी बैंलले नेपाललाई १ लाख डलर सहयोग प्रदान गर्यो

। अर्थमन्त्रालयबाट श्रममन्त्रालयलाई विदेशबाट बैधानिक बाटो भएर पैसा ल्याउने व्यवस्था छिटो कार्यान्वन गर्न पत्र लेखियो र इपीएस ग्वार्कोमा समेत एक प्रति पठाईयो । इपीएस ग्वार्कोले उक्त सुचना आफ्नो वेवसाइटमा राखे पछि कोरियामा रहेका हुण्डी दलाद बिच हलचल भयो । १५ दिन पछि इपीएस कार्यालयले उक्त सुचना आफ्नो वैवसाइटबाट हटायो । पौडेलले त्यसको फलोअफ गर्दा “सचिव ज्यू र डिजी ज्यूले मौखिक रुपमा हटाउन भने पछि मैले हटाएको हुँ, यदि उहाँहरुले फेरि राख्न भने मलाई राख्न कुनै समस्या छैन् भन्ने जवाफ इपीएसका डाइरेक्टर बाबुराम खतिवडाले दिए” त्यस पछि सरकारलाई संका गर्ने ठाँउ प्रसस्त भेटियो ।सरकारले हुण्डी दलादलाई प्रोत्साहन गरेको पाइयो ।

सरकार बिदेशी लगानी भित्र्याउन मरिहत्त गर्छ । उनले भने “राज्यले हिरा चिन्न सकेन् । विदेशमा भएका नेपाली देशमा लगानी गर्ने ठाँउ नभेटेर क्यानडा ,अमेरिका तिर असुरक्षित रुपमा लगानी गरिरहेका छन् । नेपाल सरकारले बिदेशमा भएका नेपालले लगानी गर्ने वातावरण मिलाउन सके देश कायापलट हुन समय लाग्दैन् “। कोरियामा भएका नेपालीकामदार लाई मात्रै स्वदेशमा एक लाख देखि दश लाख सम्म लगानी गर्ने वातावरण मिलाउन सके सरकारले विदेशी दाताको भर पर्नु पर्दैन् , लगानी गर्ने नगरिकलाई पनि फाईदा हुन्छ। सरकारले यस विषयलाई गम्भिरताका साथ लिएर अगाडि बढ्नु पर्नेमा जोड दिँदै राज्यले चाँहाने हो भने यस विषयमा आफु निस्वार्थ सहयोग गर्न तयार रहेको बताए ।

विदेशमा रहेका नेपाली कामदारहरुकोे हित हुनुका साथै देशको पनि कायापलट हुन समय नलागने उनले बताए । बिदेशबाट रेमिट्यान्स भित्र्याउने हिरालाई राज्यले चिन्न नसकेकोमा दुख व्यक्त गरे । कोरियामा भएका नेपाली कामदारको हितमा आफू सधै भएको बताए । पौडेलले भने सुरुमा बैंकमा खाता खोल्दा विदेशी परिचय-पत्र अथवा पासपोर्टको फोटोकपी भए हुन्थ्यो। त्यस समयमा हुण्डीदलालले धेरै नेपालीको पासपोर्टको गलत फाइदा उठाएको पाईयो पछि उनकै पहलमा कोरियाको बैंकिङ्ग एसोसिएसनमा भनेर सम्बन्धितको उपस्थितिबिना खाता खोल्न नमिल्ने व्यवस्था गरिदिन आग्रह गरे । ७२ सालको महाभूकम्पमा पनि पौडेलकै पहलमा केइबीहाना बैंलले नेपाललाई १ लाख डलर सहयोग प्रदान गर्यो । पौडेलले कालापानी पोस्टसंग कुराको अन्त्य तिर सबै कोरियामा काम गर्ने कामदारलाई बैधानिक बाटो प्रयोग गरेर मात्रै पैसा पठाउन अनुरोध गरे ।हुण्डी देशको हितमा नभएकाले हुण्डीकारोवारी नभनेर हुण्डीदलाद भनेको हो ।kalapanipost

Leave a Reply

Your email address will not be published. Required fields are marked *