दक्षिण कोरियामा निको भएका १७९ जनालाई पुन: सङ्क्रमण देखियो !

कोरिया जानाकारी

सोल-कोरियामा कोरोना संक्रमण दर २ महिना यताकै न्युन भएको छ । तर हाल कोरियाली नागरिक तथा त्यहाँको सरकारका लागि अर्को टाउको दुखाइको विषय बनेको छः उपचार पश्चात घर फर्केकाहरुमा पूनः संक्रमण । हालै कोरियाको रोग तथा प्रकोप नियन्त्रण केन्द्रले दिएको जानकारी अनुसार उपचार पश्चात घर फर्केकाहरुमा पूनः संक्रमण पाइएको छ ।

केन्द्रको जानकारीका अनुसार कोरोना संक्रमणको यपचार पश्चात घर फर्काइएका मध्ये १७९ जनामा पुनः संक्रमण पाइएको छ । केन्द्रका अनुसार सो संख्या कुल निको बनाएर घर पठाइएका मध्ये २.२ प्रतिशत हो । कोरियामा कोरोना संक्रमणको उपचार पश्चात ८०४२ जना घर फर्केका छन।

कोरियाली अधिकारीहरु कोरियामा कोरोना संक्रमण पुनः बल्जिनुका कारणहरु बारे विज्ञहरुसँग छलफल गरिरहेको पनि केन्द्रले जानकारी दिएको छ । हाल कोरियामा कोरोना संक्रमणका तथ्यांकहरु १० भन्दा तल झरिसकेका छन् तर बाहिरबाट भित्रिने खतरा पनि भएकाले सतर्क रहन विज्ञहरुले सल्लाह दिएका छन् ।

कोरिया सरकारले विज्ञहरुको सल्लाहलाई शिरोपर गर्दै सामाजिक दुरी कायमको सिमा अरु २ साता लम्व्याएको छ भने संक्रमितहरु जो उपचार पश्चात घर फर्केका छन्, उनीहरु संगको नियमित फलोअप पनि जारि राखेको बताएको छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *