कोरियाले किन्यो जासुस ड्रोन

कोरिया जानाकारी

सोल-अमेरिकाले दक्षिण कोरियाली वायु सेनालाई आर क्यु फोर ग्लोबल ह्वाक नामक जासुसी ड्रोन विमान हस्तान्तरण गरेको छ । कोरिया अमेरिका सम्बन्धको नयाँ स्परुप भन्दै कोरियाका लागि अमेरिकी राजदुत ह्यारी ह्यारीसले उक्त ड्रोन कोरियालाई हस्तान्तरण गरेको ट्वीटर मार्फत बताएका छन् । राजदुत ह्यारीले ट्वीटरमा उक्त ड्रोन विमानको तस्विर सार्वजनिक गर्दै उनले सो जानकारी दिएका हुन् ।

ह्याङ्गरमा दुई देशका राष्ट्रिय झण्डाका वीचमा राखिएको उक्त विमान कोरियाली वायुसेनालाई दिएको जनाएका हुन् । यो जासुस ड्रोन विमान जमिन भन्दा धेरै उचाइमा गएर पनि सेटलाइटले जस्तै गुणस्तरीय काम गर्न सक्ने पनि राजदुत ह्यारीले बताएका छन् । कोरियाले यस्तै प्रकृतिको ड्रोन गत बर्षको अन्त्य तिर खरिद गरेको थियो ।

यस सँगै कोरियाली सैनिकहरु सँग हाल २ वटा ड्रोन जासुस विमान रहेका छन् । विकासमा मात्र ध्यान दिएर अगाडी बढीरहेको दक्षिण कोरिया पछिल्ला दिनहरुमा उत्तर कोरिया सँगको खराव सम्बन्धका कारण आफ्नो सैन्य सुदृढिकरण तर्फ समेत सचेत भएर अगाडी बढिरहेको जानकारहरु बताउदछन् ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *