बिरामी भनिएका उत्तर कोरियाली नेता कीम जोङ्ग बिरामी छैनन् – दक्षिण कोरिया

कोरिया जानाकारी

सोल-अमेरिकी समाचार संस्था सीएनएनले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको स्वास्थ्यका विषयमा एक समाचार संप्रेषण गरे पश्चात विश्वभर नै तरङ्ग ल्याएको छ ।

उक्त समाचारका अनुसार हालै किम जोङ उनले एक शल्यक्रिया गराएका थिए । शल्यक्रिया पश्चात किमको स्वास्थ्य अवस्था अत्यन्तै खराव भएको बताईएको थियो । तर दक्षिण कोरियाली अधिकारीहरुले किमको स्वास्थ्य सीएनएनमा आएको समाचार जस्तो अप्रत्यासित नभएको बताएका छन |

सार्वजनिक कार्यक्रमहरुमा किम जोङ उनको सहभागिता नभएको लामो समय भएका कारण उनका बारेमा अनेक टिका टिप्पणी बाहिरिएको पनि दक्षिण कोरियालि अधिकारीले जनाएका छन् ।एक दक्षिण कोरियाली अनलाईन समाचार संस्थाले किम केही समयबाट प्योङयाङ छाडी ह्याङसान स्थित एक भिल्लामा मुटुको उपचार गराईरहेको समाचार प्रकाशीत गरे पछि उन बारे सो समाचार छापिएको बताईएको छ ।

गत अप्रिल ११ तारिखमा सार्वजनिक भए यता किम कुनै सार्वनजिक कार्यक्रममा सरिक भएका छैनन् । यतिसम्म कि उनी आफ्ना हजुरबुबाको १०८औँ जन्म जयन्तीको कार्यक्रममा समेत गएका थिएनन् ।

कोरियाली एकता मन्त्रालयका एक अधिकारीका अनुसार किमको स्वास्थ्यमा सीएनएनले भने जस्तो गम्भिर स्वास्थ्य स्थिति भने नरहेको तर उनमा मोटोपना तथा चुरोटको अति प्रयोगका कारण स्वास्थ्य स्थिति भने विग्रिदै गएको बताएका छन् ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *