सोल-विश्व प्रख्यात कार निर्माता कम्पनी ह्युण्डाइले यो महिनाबाट आफ्ना कर्मचारीहरुको तलव सुविधामा २० प्रतिशतले कटौति गर्ने भएको कम्पनि अधिकारीहरुले बताएका छन् । कोरोना संक्रमणका कारण आफ्नो व्यापार गम्भिर संकटमा फसेको बताउदै कम्पनीले आफ्ना सम्पूर्ण कर्मचारीहरुको तववमा २० प्रतिशत कटौति गर्ने जनाएको हो ।
कम्पनिका झण्डै ५० वटा प्लान्टका १२०० जना प्रतिनिधिहरु सँग गरिएको छलफल पश्चात उक्त निर्णय गरिएको कम्पनीले जनाएको छ । कोरोना संक्रमण पश्चात उक्त कम्पनीको उत्पादनमा व्यापक कमी आएको तथा भएका उत्पादन बजार सम्म लैजान नपाएको तथा कम्पनी कपरव एक महिनाबाट लगभग बन्द जस्तै भएका कारण
सो निर्णय लिइएको अधिकारीहरुले बताएका छन् । यसअधि कम्पनीका कर्मचारीहरुको तलव सन् २०१६ मा चीनले कोरिया निषेधको निति लिएको बेला काटिएको थियो ।ह्युण्डाई कम्पनीका अन्य उत्पादनहरुमा पनि व्यापक गिरावट भएका कारण केही कम्पनीहरुको उत्पादन नै बन्द गरेर कर्मचारीहरुलाई स्वेच्छिक अवकास लिन भनिएको छ ।
यता अर्को प्रख्यात कार निर्माता कम्पनीका अधिकारीहरुले पनि आफ्नो मासिक तलवको ३० देखि ५० प्रतिशत सम्म रकम कटौति गर्न सहमत जनाइसकेको समाचारमा जनाइएको छ ।हटपाटीबाट