कोरोना संक्रमित तेस्रो युवा पनि निको भए

समाचार

काठमाडौं– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपारर्थ युवक निको भइ डिस्चार्जको तयारीमा रहेको अस्पतालले जनाएको छ ।अस्पतालका निर्देशक डा.सागर राजभण्डारीका अनुसार चार पटक कोरोना परीक्षण गर्दा अन्तिम पटक कोरोना नेगेटिभ देखिएपछि डिस्चार्ज गर्ने तयारी गरिएको हो । उनी गत चैतको पहिलो साता गते दुवईको सार्जा विमान हुँदै काठमाडौ आएका थिए ।

काठमाडौ बसेको छ दिनपछि उनी उपचारको लागि टेकु अस्पताल पुगेका थिए ।अस्पताल रहुन्जेल उनमा खोकी लाग्ने समस्या मात्र रहेको र त्यही अनुसार लाक्षणिक उपचार गरेको अस्पतालका निर्देशक राजभण्डारीले बताए । उनी घर नपुग्दै कोरोना संक्रमित भएपछि नेपाल आएको एक महिनापछि मात्र डिस्चार्ज भई घर जानेछन् ।

उनको आफन्त कोही नभएकोले परिवार आएपछि मात्र डिस्चार्ज गर्ने तयारी भएको अस्पताले जनाएको छ । अस्पताल रहुन्जले उनले अस्पतालको खाना खाएर वसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *