‘उत्तर कोरियाली नेता किमको स्वास्थ्य बारे मलाई थाहा छैन’ – अमेरिकी राष्ट्रपति ट्रम्प

कोरिया जानाकारी

सोल-सिङ्गो विश्व यतिबेला कोरोना माहामारी सँग लडिरहेको छ । तर गएको केही दिन यता कोरियाली प्रायद्वीपमा भने अर्कै समाचारले प्राथमिकता पाईरहेको छ । त्यो समाचार हो उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको स्वास्थ्य सम्बन्धि समाचार । हालै किम मुटुको शल्यक्रिया पश्चात गम्भिर विरामी परेको भनेर सिएनएनले समाचार प्रकाशित गरे सँगै उक्त क्षेत्रमा हलचल मच्चिएको हो ।

छिमेकी राष्ट्र दक्षिण कोरियाले सो विषयमा कुनै प्रतिकृया जनाएको छैन भने उसले सो विषयमा आफूहरु समक्ष कुनै त्यस्तो आधिकारीक जानकारी समेत नआएको बताईरहेको छ । सिएनएनले भने नाम नखुलाई दक्षिण कोरियामा रहेका अमेरिकी नौसेनालाई उदृढ गर्दै किमको स्वास्थ्य बारे सो समाचार प्रकाशित गरेको थियो ।

सोहि समाचार बारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना संक्रमणको अपडेटको समयमा आफ्नो आधिकारिक धारणा राखेका छन् । उले भनेका छन् – ‘मलाई किमको स्वास्थ्य अवस्था बारे कुनै पनि जानकारी आएको छैन । तर पनि म यति भन्छु की किम जोङ उन एक युवा राजनितिज्ञ हुन् र उनी स्वस्थ रहनुपर्दछ ।’

उनले अगाडी भने – ‘किममाथि गम्भिर स्वास्थ्य समस्या आईपरेको छैन होला र यदि आईपरेको भए उनी सो समस्याबाट चाँडै नै मुक्त भएर साधारण जिन्दगी बिताउन् ।’ हालै अमेरिका तथा दक्षिण कोरियाले उत्तर कोरियालाई मानवीय साहायता उपलब्ध गराउने एक योजनामा सहमति गरिसकेका छन् । दुबै देशहरूले कोरोना संक्रमण बिरुद्ध लड्न उत्तर कोरियालाई मानवीय साहायता जति सक्दो चाँडो उपलब्ध गराउने सहमति मुनको दोश्रो कार्यकालको विजयोत्सवमा सुभकामना आदानप्रदान गर्दैगर्दा भएको थियो ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *