किमको स्वास्थ्य बारे उत्तर कोरिया अझै मौन

कोरिया आज

सोल-कोरियाली प्रायद्वीपमा हाल एउटा समाचार भाईरल भईरहेको छ, त्यो हो उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको स्वास्थ्य स्थिति र उनको सम्भावित मृत्यु । कोरियाली तथा अमेरिकी समाचारहरुको प्रमुख बिय बनिरहेको किमको स्वास्थ्य स्थिति कस्तो छ कसैले यकिन भन्न सकिरहेका छैनन् । सबैले आफ्नो अड्कलबाजीका भरमा किमको बारे जानकारी दिईरहेका छन् ।

यो बिषयमा उत्तर कोरिया स्वयम् भने मौन छ । हालसम्म छिमेकी राष्ट्र दक्षिण कोरियाले सो विषयमा कुनै प्रतिकृया जनाएको छैन भने उसले सो विषयमा आफूहरु समक्ष कुनै त्यस्तो आधिकारीक जानकारी समेत नआएको बताईरहेको छ । सिएनएनले भने नाम नखुलाई दक्षिण कोरियामा रहेका अमेरिकी नौसेनालाई उदृढ गर्दै किमको

स्वास्थ्य बारे सो समाचार प्रकाशित गरेको थियो । सोहि समाचार बारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना संक्रमणको अपडेटको समयमा आफ्नो आधिकारिक धारणा राखेका छन् । उनले किमको स्वास्थ्य अवस्था बारे कुनै पनि जानकारी नआएको बताएका छन् । किममाथि गम्भिर स्वास्थ्य समस्या आईपरेको छैन होला र यदि आईपरेको भए उनी सो समस्याबाट चाँडै नै मुक्त भएर साधारण जिन्दगी बिताउन् भनेर पनि भनेका छन् । कतिपय सञ्चार माध्यमहरुले भने उनको सम्भावित मृत्यु बारे समाचार सम्प्रेशण समेत गरेका छन् ।

तर सो विषयमा उत्तर कोरिया सरकारबाट कुनै पनि समाचार बाहिर आएका छैनन् । उत्तर कोरियाको आधिकारीक समाचार संस्था डेली एनकेमा किम बारे कुन‌ै जानकारी गराइएको छैन । सेटलाईट तथा अमेरिकी जासुस बिमानहरुबाट संकलन गरिएको सुचनाका आधारमा विश्वले समाचार बनाईरहेको भएता पनि उत्तर कोरिया मौन बसेका कारण किम जोङ उन बारेको रहस्य झन बढ्दै गएको छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *