दक्षिण कोरियाले जनतालाई प्रति महिना ५० लाख तलव दिने

कोरिया आज

सोल-दक्षिण कोरियामा कोरोना संक्रमण दर केहि घट्दो क्रममा छ । संक्रमण दर घट्न थाले सँगै देशको अर्थतन्त्रलाई कसरि सवल बनाउने भन्ने बारेमा कोरियाली सरकार लागि परेको छ ।सोही कदमलाई मूर्तरुप दिन सरकारले आपतकालीन रोजगार योजना ल्याएको छ । कोरोना संक्रमणबाट पीडितहरुका लागि सरकारले १०.१ ट्रिलियन वन बराबरको रोजगार प्याकेज घोषणा गरेको हो ।

कोरियाली अर्थमन्त्री होङ नाम कीका अनुसार सरकारले यस बर्ष रोजगार सृजनाका लागि छुट्याएको कुल बजेटको ४० प्रतिशत हाल करिव २८ लाख मानिसहरुलाई प्रत्यक्ष रोजगार दिने हेतुले विनियोजन गरिएको बताएका छन् । उनका अनुसार सो बजेट गत बर्षको सोही शीर्षकको बजेट भन्दा १.५ गुणा बढी हो ।

सरकारी योजना अनुसार कोरोना संक्रमणबाट गहिरो संकटमा परेका नागरिकहरुलाई प्रति महिना ५० लाख वनका दरले तीन महिनासम्म तलव दिएर रोजगारी दिने सरकारको लक्ष रहेको छ ।यसका साथै सरकारले व्यापारीहरुलाई सुलभ कर्जा उपलव्घ गराउने र चाँडो भन्दा चाँडो देशको व्यापारलाई पुनर्ताजकी गराउने लक्ष लिएको पनि अधिकारीहरुले बताएका छन् ।

सरकारले वातावरण रक्षा, जंगल व्यवस्थापन क्षेत्रमा करिव ३ लाखलाई रोजगारी दिने, डिजिटल प्रशासन क्षेत्रमा एक लाख लाई , नयाँ अवसर सृजना गर्ने रोजगार कम्पनीलाई १ लाख ५० हजार तथा अन्य विविध क्षेत्रमा विविध संख्यामा रोजगारी सृजना गर्ने बताएको छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *