खुशिको खबर:दक्षिण कोरियामा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको सङ्ख्या ‘शुन्य’:

कोरिया जानाकारी

सोल । दक्षिण कोरियामा नोभेल कोरोना भाइरसको संक्रमणबाट मृ’त्यु हुनेको संख्या शून्यमा झरेको छ । दक्षिण कोरियामा एक महिनामा पहिलो पटक पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट कुनै पनि व्यक्तिको मृ’त्यु नभएको जनाइएको छ ।दक्षिण कोरियाली रोग नियन्त्रण केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा ६ जनाको नयाँ संक्रमित फेला परेका छन् ।

१८ फेब्रुअरीपछि दैनिक देखिने कोरोना संक्रमितको संख्या आज सबभन्दा कम रहेको सीडीसीले जनाएको छ ।दक्षिण कोरियाले कोरोना संक्रमणको खोजीका लागि आक्रामक ढंगले टेस्टिङ र ट्रेसिङलाई अघि बढाएको थियो । मानिसहरुलाई आइसोलेट गर्ने र संक्रमण देखिएकाहरुलाई उपचार गर्ने काम द्रुत गतिमा अघि बढाएपछि

यहाँ कोरोना संक्रमितको संख्यामा कमी आएको हो ।हालसम्म दक्षिण कोरियामा २४० कोरोना संक्रमितको मृत्यु भएको छ । यो विश्वका अन्य कोरोना संक्रमितको मुलुकको तुलनामा निकै कम हो । दक्षिण कोरियाले राष्ट्रपति लकडाउन घोषणा नगरी र आवतजावतमा पूर्ण प्रतिबन्ध नलगाएरै कोरोना नियन्त्रण गर्न सफल भएको हो ।तर, दक्षिण कोरियाली स्वास्थ्य अधिकारीहरुले भने अहिलेको समय थप निगरानी र अनुगमन गर्नुका साथै सजगता अपनाउनुपर्ने समय भएको बताएका छन् । – बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *