उत्तर कोरियाली सेनाले नेता किमको अनुपस्थितिमै मनाए स्थापना दिवस

कोरिया जानाकारी

सोल– उत्तर कोरियाली सैनिकहरुले शनिवार आफ्नो स्थापना दिवस मनाएका छन् । उनीहरुले आफ्ना सर्बोच्च कमान्डर किम जोङ उनको उपस्थिति बिना नै स्थापना दिवस मनाएका हुन् । उत्तर कोरियाका हरेक ठूला सभा समारोहमा निकै चाख लिएर सहभागी हुने गरेका उन विगत केही समयबाट त्यस्ता समारोहहरुमा अनुपस्थित छन् । उनी केहि समय अगाडी सम्पन्न

आफ्ना हजुरबुबाको जन्मजयन्तीका दिन आयोजित विशेष समारोहमा समेत अनुपस्थित रहेका थिए । किमको अनुपस्थितिलाई लिएर हाल विश्वभर अनेक तरहका टिका टिप्पणीहरु भईरहेका छन् कतिपयले उनी सिकिस्त बिरामी भएको बताएका छन् भने कतिपयले उनी मरिसकेको अड्कलवाजी समेत गरेका छन् ।

तर उत्तर कोरियाली सैनिकले भने शनिवार आफ्नो ८८ औ जन्म जयन्ती मनाएको छ । कोरियाको केन्द्रिय समाचार संस्थाले जापानी अधिनायकत्वबाट मुक्त हुँदै हालसम्म कोरियाली सेनाले प्रदर्शन गरेका साहासिक कामहरुको बिस्तृत जानकारी दिएक‍ो सो कार्यक्रममा पनि किम अनुपस्थित नै रहेका थिए ।

उत्तर कोरियाली सैनिकले आगामी दिनहरुमा आफ्ना सैन्य गतिविधिलाई अझ सशक्त बनाएर जाने समेत सो कार्यक्रममा बताएको छ । यता चीनले भने आफ्नो विशेष ज्ञ सहितको चिकित्सकको टोली प्योङयाङ तर्फ पठाएको छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *