सोल- कोरोना संक्रमणका कारण अर्थतन्त्र ध्वस्त हुँदा धेरै मानिस बेरोजगार भएका छन् । कम्पनीहरुले धान्न नसक्दा उनीहरुको जागिर संकटमा मात्र हैन कतिपय कम्पनीहरुले त अनिवार्य अवकास समेत दिएका छन् । केही कम्पनिहरुले अनपेड विदा समेत दिएका छन् ।
कोरियाली सरकारी तथ्यांक विभागका अनुसार गत महिना सम्म रोजगार गुमाउने मानिसहरुको संख्या १० लाख ६१ हजार पुगेको छ । यि मध्ये केहीले अस्थायी रुपमा भने केहिले पुर्ण रुपमा रोजगार गुमाएका छन् ।
कोरियाको प्रतिष्ठित हाना टुर्सले आफ्ना २५०० मध्ये २१०० जनालाई तलवि विदामा घर पठाएको छ । कम्पनिले भनेको छ- ‘यो बर्ष ब्यापार हुन निकै कठीन छ ।’सरकारले आगामी सेप्टेम्बर सम्म साहायता गर्ने आस्वासन दिएका कारण कामदारलाई तल्वी विदामा घर पठाईएको हो । सेप्टेम्बर पछि पनि स्थिति त्यस्तै रहे कम्पनिले पनि यसै भन्न नसकिने बताएको हो ।
आगामी समर सिजनमा कम्पनिको प्रगति अन्य महिनाहरुको आधा हुने भएता पनि व्यवस्थापनमा समस्या हुने बताउदै पर्याप्त आर्थिक मौज्दात नहुने ट्राभल्स कम्पनिहरु टाठ पल्टिने अवस्थामा रहेको तथा तिनमा काम गर्ने कर्मचारीहरु समेत बेरोजगार हुने बताईएको छ ।
पर्यटन बाहेक अन्य क्षेत्रमा समेत आर्थिक मन्दीको चरम मार परेका कारण म्यानुफ्याक्चरिङ लगायतका क्षेत्रका कर्मचारीहरु समेत विस्थापित हुने सम्भावना बढेको समाचारमा बताईएको छ ।हटपाटीबाट