किम जोङ उनकी बहिनी मे महिनामा आमा बन्दै

कोरिया जानाकारी

सोल-उत्तर कोरियाली सर्बोच्च नेता किम जोङ उनकी कहिनी यो जोङ गर्भवती रहेको र आगामी मे महिनामा उनी आमा बन्ने बताइएको छ । नेशनल ईन्टेलिजेन्स दक्षिण कोरिया प्रमुख लि व्यङ्ग हु ले सो जानकारी दिएका हुन् । लि व्यङ्ग हु ले सो कुरा राष्ट्रिय नेशनल ईन्टेलिजेन्सको सम्मेलनको बन्द शत्र कार्यक्रममा बताएका हुन् । किमकी बहिनीका श्रीमान को हुन् ?

अहिलेसम्म कसैलाई थाहा दिइएको छैन यद्यपी उनका श्रीमान किम सुङ विश्वविद्यालयबाट ग्र्याजुएटेड व्यक्ति रहेको बताइएको छ । उनका श्रीमानको पारिवारिक जानकारी हालसम्म कसैलाई नगराइएको पनि बताइएको छ । किम यो जोङ गत जनावरीमा एक अनाथाश्रम भ्रमण गर्दा उनको हातमा औँठी थियो अनि उनको अनुहार सुन्निएको थियो ।

त्यति मात्र हैन उनीले साधारण फ्ल्याट चप्पल लगाएकि थिईन् । अपुस्ट श्रोतका अनुसार किमका ज्वाई किमको सुरक्षा व्यवस्थापनमा काम गर्छन् र उनी उत्तर कोरियाली सैनिक सेवामा कार्यरत पनि छन् । यसका साथसाथै उनी उत्तर कोरियाली वर्कर्स पार्टीमा कृयाशील समेत रहेको बताइएको छ । यता चिनिया सञ्चार माध्यमले भने किमको विवाह वर्कर्स पार्टीका सचिव चोई र्योङ हाईका छोरा सँग भएको बताइएको छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *