दक्षिण कोरिया जानका लागि बाटो खुला, उडान कहिले?

कोरिया जानाकारी

सरकारले नेपालीहरुलाई दक्षिण कोरिया जानका लागि बाटो खुल्ला गर्ने भएको छ। मन्त्रिपरिषद बैठकले कोरियासँग सहमति गरी कोरिया जान दिने निर्णय गरेपछि कोरियामा जानको लागि बाटो खुल्ला भएको हो ।

छुट्टीमा आएका नेपालीहरु भिषा समाप्तीसँगै देखिएको अन्यौलता हटाउन ब्यवसायी तथा समाजसेवी रुद्र शर्मा, केपी सिटौला, विनोद कूवँर, एनआरएन अध्यक्ष यज्ञराज सुवेदी, डां देवि बस्नेत, जिवन कुमार थापा, पुरु जोशी,विनोद चापागाई, रोशन भट्टराई लगायत कोरियाबासी नेपालीहरुले कोरिया जाने बाटो खुलाईदिन नेपाल सरकारसँग पहल गरेका थिए ।

अव कहिले हुन्छ उडान?
हिजो मन्त्रिपरिषद बैठकले कोरिया जानको लागि बाटो खुलेसँगै चार्टर उडानको लागि तयारी भईरहेको एनआरएन एक सदस्यले जानकारी दिए । एक दुइ दिन भित्र उडान मिति तय गरि हप्ता दिनमा कोरिया उडाउने गरि तयारी भइरहेको ति सदस्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *