राम्रो शैक्षिक योग्यता भएकाहरू समेत दक्षिण कोरियातर्फ आकर्षित रहे पनि रोजगारी प्रदान गर्ने कोरियाली कम्पनीले भने शारीरिक रूपमा कष्टकर काम गर्न सक्ने र आफ्नो कम्पनीका लागि उपयुक्त जनशक्ति छानेर लाने गरेको बताउँछन् विभागस्थित ईपीएस शाखाका सूचना अधिकारी शोभाकर भण्डारी।मानवस्रोत क्रमिक रूपमा घट्दै गएको र पारिश्रमिक बढ्दो क्रममा रहेको अवस्थामा
साना तथा मझौला उद्योग बन्द हुने अवस्थामा पुगेपछि दक्षिण कोरियाले ईपीएस प्रणालीमार्फत् १६ वटा मुलुकबाट कामदारका लागि ढोका खुल्ला गरेको हो।भण्डारीका अनुसार कोरियाले ‘हार्ड मसल’ अर्थात् शारीरिक श्रम गर्न सक्ने जनशक्तिको माग गरेको हो।अतः वैदेशिक रोजगारका लागि व्यवस्थित गन्तव्य र विप्रेषणका हिसाबले
भरपर्दो मुलुकका रूपमा उदय भइरहेको दक्षिण कोरिया जान चाहने युवाहरूले कडा परिश्रम र अनुशासनमा बसेर काम गर्नुपर्ने कुरा मनन गरेर सोही अनुसार तयारी गर्न सके उनीहरूलाई सहज हुने जानकारहरू बताउँछन्।