उत्तर कोरियाली नेता किमले सामान्य रुपमा मै राज्य चलाई रहेको तथ्य फेला !

कोरिया जानाकारी

सोल- उत्तर कोरियाली सर्बोच्च नेता किम जोङ उनको स्वास्थ्यलाई लिएर विश्वभर विभिन्न अड्कलवाजीहरु भइरहेका बेला कोरियाली एकता मन्त्री किम योन चुलले भने किम जोङ उनले सामान्य रुपमा नै राज्य सञ्चालन गरिरहेको बताएका छन् । विश्वभरबाट किमको स्वास्थ्यका बारे अनेकौँ अड्कलवाजीहरु भइरहेका बेला उत्तर कोरियाली सरकारी सञ्चार माध्यमहरुले किम आफ्नो नियमित

कार्यतालिका अनुरुप काम गरिरहेको बताएका छन् । गत अप्रिल ११ तारिखबाट सञ्चार माध्यमबाट टाढा भएका भनिएका किमको बारेमा आएका समाचारमा सत्यता नरहेको पनि मन्त्रीले बताएका छन् । उत्तर कोरियाली सञ्चार माध्यमहरुका अनुसार पोलिटव्युरो बैठक पश्चात पनि किम नियमित तालिका अनुरुप नै कार्य गरिरहेका छन् ।

किमको स्वास्थ्यको विषयमा मौन रहेका उत्तर कोरियाली सञ्चार माध्यमहरुले किमले विदेशी सरकार प्रमुख लगायतका मानिसहरुलाई सन्देश पठाउने, कामदारहरुलाई बधाइ दिने लगायतका समाचारहरु निरन्तर रुपमा सम्प्रेषण गरिरहेका छन् ।हटपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *