जापानमा बेरोजगारी दर अहिलेसम्मकै बढी !

जापान समाचार

टोकियो । गतमहीना जापानमा बेरोजगारी दर बढेको छ । त्यहाँको आन्तरिक मामिला मन्त्रालयले मंगलबार बताए अनुसार मार्चमा मौसमी समायोजन पछिको बेरोजगारी दर साढे २ प्रतिशत रहेको छ । फेबु्रअरीको तुलनामा यो शून्य दशमलव १ प्रतिशते धेरै हो ।समीक्षा अवधिमा १७ लाख ६० हजार मानिस बेरोजगार रहेको छन । गत वर्षको सोही अवधिको तुलनामा यो २० हजार धेरै हो ।

गत वर्षको सोही अवधिको तुलनामा मार्चमा जागिरमा आबद्ध मानिसको कुल संख्या ६ करोड ७० लाख पुगेको छ । यो गत वर्षको तुलनामा १ लाख ३० हजार धेरै हो । वर्षको शुरु देखि आर्थिक वृद्धिको गति सुस्ताएको भएपनि जागिरमा आबद्ध मानिसको संख्या लगातार ८७ औं महिना पनि बढेको छ ।

पार्ट – टाइम र अस्थायी कर्मचारी लगायत अनियमित कामदारको संख्या भने २ लाख ६० हजारले घटेर २ करोड १५ लाखमा झरेको छ । कामदारको संख्यामा आएको यो कमी सन २०१४ को जनवरीमा तुलना गर्न मिल्ने तथ्यांक उपलब्ध भएयताकै उच्च हो ।उद्योगअनुसार म्यानुफ्याक्चरिङ, होटल र रेष्टुरेन्ट क्षेत्रमा कर्मचारीको संख्या घटेको छ ।

तर स्वास्थ्य सेवा, कल्याण, खुद्रा तथा थोक क्षेत्रमा भने रोजगारी बढेको छ ।व्यवसायको क्षेत्रअनुसार कोरोनाका कारण रोजगारीको प्रवृत्तिमा विविधता देखिन थालेको मन्त्रालयका अधिकारीहरुले बताएका छन । अप्रिलमा स्थिति यो भन्दा पनि अप्ठ्यारो हुन सक्ने उनीहरुले चेतावनी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *