सोल-उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन हाल सिङ्गो विश्व समाचारका हेडलाईन बनिरहेका छन् । यसको एउटै कारण गत अप्रिल ११ पश्चात कुनै पनि सार्वजनिक कार्यक्रममा उनको उपस्थिति नहुनु । कतिपय अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उनलाई ‘मृत’सम्म घोषणा गर्न भ्याए भने कतिपयले भने उनी गम्भिर विरामी परेको समेत बताएका छन् ।
दक्षिण कोरियाली एक मन्त्रीले भने एक अमेरिकी समाचार सूत्रसंग किम बारे छुट्टै तर्क गरेका छन् । उनले भनेका छन् – ‘उत्तर कोरियाली नेता किम कोरोना संक्रमण त्रासका कारण आफूलाई बचाउन सुरक्षित स्थानमा आराम गरिरहेका छन् ।’ नेता किमको स्वास्थ्यलाई लिएर हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले
सकारात्मक सूचना संप्रेषण गर्दै किमको स्वास्थ्यमा कुनै खरावी नरहेको बताएका थिए । यस पश्चात केही आशा पलाएको तथा दक्षिण कोरियाली एकिकरण मन्त्री किम योन चुलले समेत त्यस्तै आसयको सूचना दिए पश्चात कोरियाली प्रायद्वीपको संकट एक चरणका लागि सुरक्षित अवतरण भएको बताईएको छ । यता अमेरिकी तथा कोरियाली सैनिकहरुले भने किमबारे विस्तृत अध्ययनलाई जारी नै राखेका छन् । उनीहरुले किमको रेलमाथि सूक्ष्म निगारानी राख्दै किम बारे नयाँ तथ्य ल्याउने कोसिस गरिरहेका छन् ।
सन् २०११ बाट शासन सत्तामा आए पश्चात उनले एकलौटी रुपमा राज्य सञ्चालन गर्दै आएका छन् । सैन्य तथा हात हतियारको क्षेत्रमा ठूलो फड्को मारेको उत्तर कोरियामा उनको विकल्पका बारेमा सोचिएकै छैन । उनको मृत्यु पश्चात सो विषयलाई सहि तरिकाले सम्बोधन गर्न नसकिए ठूलो विनाश हुनसक्ने भएकाले सिङ्गो विश्वको ध्यान उत्तर तर्फ मोडीएको छ ।हटपाटी