आर्थिक अभावमा कोरियाको अस्पतालबाट एक नेपाली यूवाको याचना ‘मलाई बचाईदिनुहोस’ ,

कोरिया जानाकारी

लामो समयदेखि मस्तिष्क पक्षघात ग्रेड ३ राेग बाट थलिएर गम्भीर विरामी परेका एक नेपालीकाे उपचारमा आर्थिक अभाव भएपछि सहयोग गर्न अभियान सुरु गरिएको छ ।कोरियाको इन्जे युनिभर्सिटी हस्पिटलमा मस्तिष्कको शल्यक्रिया तथा उपचार गर्दै आइरहेका काभ्रेपलान्चोक पनौती स्थायी घर भएका संजय खत्रीलाई उपचारमा सहयोग गर्न अभियान सुरु गरिएको हाे ।

खत्रिकाे आर्थिक अभावका कारणले उपचारमा समस्या हुदै आएपछि दक्षिण काेरियामा कार्यरत नेपालीहरुले स्वतस्फूर्त रुपमा सहयोग अभियान सुरु गरेका हुन ।तत्काल घर फर्कन सक्ने अवस्था नभएको र डाक्टरहरुले काेरियामै केही समय उपचार गर्नुपर्ने सल्लाह दिएपछि उनलाई थप बाध्यता भएको हाे ।

काेरियामै उपचार गर्न चरम आर्थिक अभाव भएपछि नेपालीहरुले सकेजति सहयोग संकलन सुरु गरेका छन ।काभ्रे सम्पर्क समिती दक्षिण कोरियाका उपाध्यक्ष समेत रहेका सामाजिक कार्यमा सक्रिय युवा खत्री सन् २०१७ मा कोरिया पुगेका थिए ।विरामी खत्री काेरिया पुगेको एक बर्षमै विरामी भै २०१८ मा मस्तिष्कको पहिलो,दोस्रो,तेस्रो गरी ३ पटक अप्रेसन समेत भएको थियो ।त्यसपश्चात निरन्तर किमो थेरापी गरि अस्पताल फलोअप गर्दै आइरहेका भएपनी फेरि ट्युमर बढेर २०१९ को अन्तिम तिर उनी दोस्रो पटक अस्पताल भर्ना भएका थिए ।

दक्षिण कोरियामा रहेका बिभिन्न सामाजिक संघसस्थाहरु तथा ब्यक्तिगत रुपमा प्राप्त सहयोगबाट उपचार र सल्यक्रिया गरी अहिलेसम्म उनको ट्युमर ग्रेड ३ मै रोकथाम गरी ट्युमर धेरै फैलिन नदिन उपचार भैरहेको छ ।हाल निरन्तर थेरापी गर्दै अस्पतालमा चेक गरिरहनुपर्ने र ट्युमर एकदमै agressive भएकोले फेरिपनि सल्यक्रिया गर्नुपर्ने अवस्था आउनसक्ने डाक्टहरुले बताएका छन । उनलाई थप उपचार गर्न आर्थिक आवश्यकता रहदै आएकाेले अभियान सुरु गरिएको अभियाकर्ताहरुले बताएका छन ।काेरियामा नेपाली गम्भीर विरामी परेर आर्थिक अभाव भएपछि नेपालीहरुले नै सहयोग जम्मा गरेर उपचार गर्ने परम्परा चल्दै आएको छ ।।यसपटक पनि खत्रीलाई सहयोग गर्न सबै नेपाली मनकारिहरुलाई अनुरोध गरिएको छ ।

सहयोगको लागी खाता नम्बर – 1002655419488 (Woori bank ) Kc Saroj ,सम्पर्क सरोज केसि -01064656041,सानु लामा – 01059641729,किशन गौतम – 01063043912,पुस्प कमल- 010 26023476,लोकराज न्यौपाने – 01064924840 ,राजेन्द्र,दुलाल – 010-8059-9183,सन्ताेष अधिकारी -01021627204 ।सबिना कार्कीको रिपोर्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *