सोल– दक्षिण कोरियाको इछनमा भएको आगलागीमा परि मृत्यु हुनेको संख्या ३८ पुगेको छ । यन्ह्याप समाचार समितिका अनुसार बुधबार एउटा गोदामघरमा आगलागी हुँदा कम्तिमा ३८ जना कामदारको मृत्यु भएको हो । आगलागी स्थानीय समयानुसार मङ्गलबार राति १ः३२ सो आगलागी शुरु भएको थियो । राजधानी सोलबाट करिब ८० किलोमिटर दक्षिणपूर्वमा
अवस्थित निर्माण साइटमा रहेको गोदामको बेसमेन्ट फ्लोरबाट सो आगलागी शुरु भएको थियो । आगलागी शुरु भएको सो समयमा कम्पनीका ८० जना कामदार भवनभित्र नै रहेका थिए । समाचारमा अन्य १० घाइते भएका छन् । घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
अझै केहि कामदारहरु बेपत्ता रहेका जनाइएको छ । समाचार समितिले अग्नि नियन्त्रण विभागका अधिकारीहरुलाई उद्धृत गर्दै गोदामघर निर्माणको क्रममा युरेथन प्रयोग गरिरहेका बेला अप्रत्याशित विस्फोट भई आगलागी भएको जानकारी दिएको छ ।हटपाटी