‘नेता किम जोङ्ग उन सिकिस्त बिरामी छन्’ -उत्तर कोरिया

कोरिया आज

सोल-उत्तर कोरियाको सरकार नियन्त्रित टेलिभिजनले पहिलो पटक त्यहाँका सर्वोच्च नेता किम जोङ उन बिरामी भएको समाचार सार्वजनिक गरेको छ । आज बिहिवार एक भिडियो फुटेज सार्वजनिक गर्दै सो टेलिभिजनले किमको स्वास्थ्य स्थिति सामान्य नभएको बताएको हो । उक्त टेलिभिजनले किमको उच्च प्रशंशा गर्दै उनको स्वास्थ्य बारे बोलेको हो । किमलाई आफ्नो देशको ज्योति,

पथ प्रदर्शकको रुपमा चित्रण गरिएको उक्त भिडियो सन्देशमा किमलाई युरिक एसिड, कोलेस्ट्रोल, मोटोपना, मधुमेय तथा उच्च रक्तचाप लगायतका रोगहरुले च्यापेको बताइएको छ । दक्षिण कोरियाका उत्तर बिशेषज्ञ अनुसार हाल उनको उपचारमा रसिया, जर्मनी तथा फ्रान्स लगायतका चिकितासकहरुले गरिरहेका छन् ।

युरिक एसिड तथा उच्च रक्तचाप उनको बंशाणुगत विराम रहेको पनि उत्तर कोरियाका जानकारहरु बताउदछन् । किम जोङ उनका सौतेला भाईले सन् २०११ मा जापानमा दिएको एक अन्तर्वार्तामा किमले युरिक एसिडको औषधि खाने गरेको बताएका थिए । राज्यका महत्वपूर्ण कार्यक्रमहरु एकदम गम्भिरता पुर्वक अवलोकन गर्ने तथा सहभागी हुने नेता किम १५ अप्रिलमा भएको उनका पिताको जन्मोत्सव , सैनिक दिवस लगायतका समारोहमा अनुपस्थित रहनुलाई विश्वले नै निकै महत्वका साथ हेरिरहेको छ ।

सोहि विषयमा हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सकारात्मक सुचना संप्रेषण गर्दै किमको स्वास्थ्यमा कुनै खरावी नरहेको बताए पश्चात केही आशा पलाएको तथा दक्षिण कोरियाली एकिकरण मन्त्री किम योन चुलले समेत त्यस्तै आसयको सुचना दिए पश्चात कोरियाली प्रायद्वीपको संकट एक चरणका लागि सुरक्षित अवतरण भएको बताईएको छ । यता अमेरिकी तथा कोरियाली सैनिकहरुले भने किमबारे विस्तृत अध्ययनलाई जारी नै राखेका छन् । उनीहरुले किमको रेलमाथि सूक्ष्म निगारानी राख्दै किम बारे नयाँ तथ्य ल्याउने कोसिस गरिरहेका छन् ।हटपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *