दक्षिण कोरिया सरकारले सबै नागरिकलाई नगद राहत दिने

कोरिया आज

सोल-दक्षिण कोरियामा कोरोना संक्रमणका कारण जनजिवन लामो समयबाट अस्तव्यस्त रहेको छ । नागरिकहरुका दैनिकी ठप्प छन् भने आम्दानीमा भारी गिरावट समेत आएको छ । सोही समस्यामा सहयोग गर्न दक्षिण कोरियाली सरकारले हरेक कोरियाली नागरिकका लागि आर्थिक सहयोग प्याकेज ल्याएको छ । सरकारी अधिकारीका अनुसार उनीहरुलाई प्रत्यक्ष आर्थिक सहयोग प्रदान गरिने छ ।

सरकारका अनुसार ४ जना भन्दा बढी सदस्य भएको परिवारलाई प्रति परिवार १० लाख वोन दिने भएको छ । त्यसै गरि ३ जनाको परिवारलाई ८ लाख वन , २ जनाको परिवारलाई ६ लाख तथा एक जना मात्र भएमा ४ लाख वन आर्थिक राहातको योजना अघि सारेको छ । सो कार्य गरिँदा धनी व्यक्तिहरुले उक्त

रकम सहयोग फण्डमा हाल्ने सम्भावना बढी भएका कारण गरिव तथा निम्न आय भएका व्यक्तिहरुलाई थप सहयोग गर्न सहयोगी हुने समेत बताइएको छ । सन् १९६९ मा ३ वटा पुरक बजेट ल्याएको कोरियाली इतिहासमा टाइफनका कारण सन् २००३ मा पनि पुरक बजेट ल्याउन परेको थियो । यस पटक पनि सरकारले मार्च १७ तारिखमा पुरक बजेट ल्याएको थियो ।

सो बजेटमा १२.२ ट्रिलियन वोन बराबरको आपतकालिन राहत तथा साहायता बजेट पास गराएको थियो जुन अधिल्लो बजेट भन्दा ७.६ ट्रिलियन डलरले बढी हो ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *