कोरियामा अबैधानिक बिदेशी कामदारलाई सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह, भिसा भन्दा स्वास्थ्य ठुलो भएकाले तत्काल पक्राउ नगरिने

कोरिया जानाकारी

सोल– दक्षिण कोरियाली प्रधानमन्त्री चुङ से क्युनले अबैधानिक रुपमा बसोबास गर्ने बिदेशी कामदार बार ध्यान आकर्षण गराएका छन् ।भिसा नभएका कारण पक्राउ तथा देश निकाला गरिने डरका कारण लुकेर बसेकाअबैधानिकबिदेशी कामदारबाट कारण कोरोना संक्रमण फैलिन सक्ने बताउदै प्रधानमन्त्रीले ध्यानाकर्षण गराएका हुन् ।

पक्राउ परिने डर तथा त्रासका कारण उनीहरु मास्क किन्न नजाने तथा कोरोना संक्रमण परिक्षण समेत नगराउने हुँदा क्लस्टर संक्रमण फैलिन सक्ने भएका कारण सचेत हुन समेत निर्देशन दिएका छन् ।सिङ्गापुरमा फैलिएको संक्रमणको उदाहरण दिदै प्रधानमन्त्रीले कोरियामा पनि सोही अवस्था आउन सक्नेमा खतरा औल्याएका छन् ।

हाल कोरियामा करिव तीन लाख ८० हजार अबैधानिक बिदेशी कामदार रहेका छन् । सोही तथ्याङ्कलाई ईङ्गित गर्दै प्रधानमन्त्रीले हाललाई देश निकाला तथा अन्य कानुन भन्दा माहामारीबाट बच्नु ठूलो कुरा भएका कारण स्वास्थ्य परिक्षण गराउन तथा मास्कको प्रयोग गर्न भनेका छन् । उनका अनुसार ति व्यक्तिहरुबाट कोरोना संक्रमण समुदायमा फैलिनु हुदैन ।

हालसम्म पनि गैरकानुनी आप्रवासिहरु स्वास्थ्य संस्था गएर कोरोना संक्रमण परिक्षण गराउनु पर्दछ तथा मास्कको प्रयोग नियमित । रूपमा गर्नु पर्दछ भन्ने नियम पालना नगरिरकेको पाइएको कारण उनिहरुको पहुँचमा पनि यी सेवाहरु पुर्याउन प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

दक्षिण कोरियामा लाखौँको संख्यामा गैरकानुनी आप्रवासि रहेता पनि हालसम्म ति आप्रवासिहरुमा संक्रमण नपाइएको प्रधानमन्त्री संगको संवाद कार्यक्रममा जनस्वास्थ्य प्रतिनिधिहरुले बताएका छन् ।हटपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *