सोल- उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको स्वास्थ्य बारे विश्वभर फैलिएका समाचारको प्रत्यक्ष असर उत्तर कोरियकली राजधानी प्योङयाङमा परेको छ । वासिङ्टन पोष्टमा प्रकाशित समाचार अनुसार उक्त समाचारको प्रत्यक्ष असर उत्तरको आर्थिक गतिविधिमा परेको छ बताइएको छ । वासिङ्टन पोष्टका बेइजिङ स्थित डेलि व्युरो प्रमुख आन्ना फिफिल्डका अनुसार
हाल उत्तर कोरियाको राजधानी प्योङयाङ लगायतका शहरहरुमा कपडा धुने साबुन, चामलदेखि विद्युतिय सामाग्री लगायतका सामानहरु नपाएर छटपटाईरहेका छन् । हाल उत्तर कोरियाले आयातित सामाग्रीहरुको प्रयोगमा कडाई गर्दै स्थानीय उत्पादनलाई बढावा दिइरहेको छ । चीनमा फैलिएको कोरोना संक्रमण पश्चात उसले
आयातित सामाग्रिहरुको प्रयोगमा कमि ल्याएको छ । उत्तर कोरियाले घरेलु उत्पादनहरु क्यान्ड फिस, चुरोट लगायतका उत्पादनको प्रयोगलाई प्राथमिकतामा राखेको छ । प्योङयाङमा गरिएको एक प्रश्नोत्तरमा स्थानीय डिपार्टमेन्ट सञ्चालकहरुले उत्तर कोरियाका दैनिक उपभोग्य बस्तुहरुको मुल्यमा कुनै तलमाथि नभएको बताएका भएता पनि सर्वसाधारणले भने आफूहरु सँग खानका लागि चामल किन्ने सम्मको पैसा नभएको बताउदै कतिपयले मोवाइलमा ब्यालेन्स हाल्ने पैसा समेत नभएको र कतिपयले मोवाइल धरौटी राखेर खाध्यान्न किन्ने गरेको बताएका छन् ।