‘उत्तर कोरियाली नेता किमको मृत्यु सम्बन्धी समाचार ९९ प्रतिशत सत्य छ’ -सांसद जी सङ्ग

कोरिया जानाकारी

सोल – उत्तर कोरियाबाट निस्कासित भएर दक्षिण कोरियामा समानुपातिकबाट सांसद भएका जी सङ्ग होले नेता किम जोङ उनको मृत्युको समाचार ९९ प्रतिशत सत्य भएको दावी गरेका छन् । मुटुको जटिल शल्यक्रिया पश्चात गत हप्ता नै नेता किमको मृत्यु भइसकेको उनले दावी समेत गरेका छन् । उत्तर कोरियाली नेता किम जोङ उनका बारेमा सञ्चार माध्यमहरुले विगत

एक हप्ताबाट निरन्तर समाचार बनाइरहेका बेला उनको सो भनाई बाहिर आएको हो । गत साता आएका समाचारहरुमा किम मृत्युको मुखमा पुगेको बताइएको थियो । कोरिया टाइम्स्का अनुसार जी सङ्ग दक्षिण कोरियाको एक सानो राजनैतिक दलबाट गत १५ अप्रिलको निर्वाचनमा समानुपातिक तर्फबाट विजयी नेता हुन् ।

उनका अनुसार किमको मृत्यु भइसकेको छ र सम्भवत: यो हप्ता उनको मृत्युको घोषणा गरिदै छ । उनले आफ्नो भनाई प्रति ९९ प्रतिशत विश्वस्त रहेको पनि बताएका छन् । दक्षिण कोरिया सरकारले किमका बारेमा कुनै अप्रिय समाचार नसुनेको बताइरहेको बेला सांसद जी सङले भने सो दावा गरेका हुन् ।

श्रोत उल्लेख नगरि उनले आफुले विश्वस्त शुत्रबाट सो समाचार पाएको पनि बताएका छन् । मुटुको शल्यक्रिया गरेको व्यक्ति यति लामो समय सम्म गुपचुप बस्न नसक्ने बताउदै आगामी हप्तासम्म उनको मृत्युको समाचार बाहिर आउने दावी समेत गरेका छन् ।Hotpati

Leave a Reply

Your email address will not be published. Required fields are marked *