कोरोनाको कारण कोरियाको अन्तरास्ट्रिय ब्यापार ठप्प,आयात तथा निर्यात मा भारी गिरावट!

कोरिया आज

सोल। कोभिड-१९ को महामारी नियन्त्रणका लागि अधिकांश मुलुक लकडाउनमा रहँदा निर्यात व्यापारमा अग्रणी मुलुक दक्षिण कोरियाबाट हुने निकासी २४ दशमलव तीन प्रतिशतले घटेको छ।यो कोभिड-१९ को महामारीकै कारण उत्पन्‍न परिस्थिति भएको वाणिज्य मन्त्रालयले जनाएको छ। पूर्वी एशियाली मुलुक दक्षिण कोरिया एकपटक कोरोना भाइरस संक्रमणको हट स्पट बनेको थियो।

बीबीसीका अनुसार पछिल्लो २४ घण्टामा नौजना मात्र नयाँ बिरामी फेला परे।कोरोना भाइरस नियन्त्रणको लागि विश्वभर लगाइएको लकडाउनको कारण दक्षिण कोरियाको अन्तर्राष्ट्रिय व्यापार प्रभावित बनेको हो । अहिले दक्षिण कोरियाका कारखानाहरुले विश्वव्यापीरुपमा मागमा आएको कमीको सामना गरिरहेका छन् ।

कोरोना भाइरसको महामारीको कारण अहिले दक्षिण कोरिया मात्र नभई विश्वको सबैजसो मुलुकको अन्तर्राष्ट्रिय व्यापार प्रभावित बनेको छ ।अप्रिलमा दक्षिण कोरियाको आयातमा पनि १५ दशमलव ९ प्रतिशतको गिरावट देखिएको छ । अघिल्लो महिनामा दक्षिण कोरियाको आयात शून्य दशमलव ३ प्रतिशतले बढेको थियो ।

दक्षिण कोरियाले फेब्रुअरीदेखि नै महामारी नियन्त्रणका लागि सबै प्रकारका प्रतिबन्ध लगाउँदै व्यापक मात्रामा परीक्षण शुरु गरेको थियो। हालसम्म १० हजार सात सय ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।यस्तै, दुई सय ४८ जनाले ज्यान गुमाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *