सोल-गत अप्रिल ११ यता कुनै पनि सार्वजनिक कार्यक्रमहरुमा सार्वजनिक नभएका उत्तर कोरियाली तानाशाह किम जोङ उन गत मे १ तारिखमा एक सार्वजनिक भएको समाचार उत्तर कोरियाको आधिकारिक सञ्चार माध्यमले सार्वजनिक गरेको छ । सो समाचार सार्वजनिक भए पश्चात अमेरिकाको धारणा के आउछ भन्ने धेरैको चासोको विषय पनि रहेको थियो ।
शुक्रवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुले किम सार्वजनिक भएको बारे सोधेको प्रश्नको उत्तर दिदै हाल किम बारे कुनै टिप्पणी गर्न नचाहेको बताएका छन् । क्याम्प डेभिड जानु अगाडी भएको पत्रकारसँगको अन्तरक्रियामा ट्रम्पले उपयुक्त समयमा किम बारे बोल्ने समेत बताएका छन् । आफुले आवश्यक परेको बेला
फोनमा कुरा गर्न सक्ने पनि ट्रम्पले पत्रकारलाई बताएका छन् । सार्वजनिक कार्यक्रमहरुमा सहभागी नभएकै कारण सञ्चार माध्यमहरुमा उनी गम्भिर बिरामी भएको तथा कतिपय सञ्चार माध्यमहरुले त उनी मरिसकेको समेत बताएका थिए । कतिपय सञ्चार माध्यमहरुले भने किम कोरोना संक्रमणका कारण भुमिगत भएको पनि बताएका थिए ।
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने किममा त्यस्तो खतरा नआएको बताएका थिए । जानकारहरुले ट्रम्प राष्ट्रपति हुनु अगाडीबाट नै उनको उत्तर कोरियाली तानाशाह किम जोङ सँग व्यक्तिगत सम्बन्ध सुमधुर भएको बताएका छन् ।हटपाटीबाट