कोरोनाको कारण कोरियामा आधा कर्मचारीको तलब कटौती!

कोरिया जानाकारी

सोल-कोरोना भाइरसको संक्रमणका कारण दक्षिण कोरियामा काम गर्ने कर्मचारीहरुको तलव सुविधामा कटौति गरिएको छ । हालै सम्पन्न गरिएको एक अध्ययन सर्वेक्षण अनुसार हरेक १० जनामा ५ जनाको तलव सुविधामा कटौती गरिएको छ । सेवामुलक उद्योगहरुमा काम गर्ने आंशिक कर्मचारी तथा न्युन आय भएका कर्मचारीहरुको तलव सुविधामा कटौति भएको पाइएको उक्त सर्वेक्षणले जनाएको छ ।

पव्लिक वकर्स सोलिडारिटी फाउण्डेशनले गत अप्रिल १४ देखि २० तारिख सम्म सञ्चालन गरेको उक्त सर्वेक्षणमा १ हजार जनाले भाग लिएका लिए जस मध्ये करिव ४८ प्रतिशत सहभागीहरुले कोरोना संक्रमण पश्चात आफ्नो आय घटेको प्रतिकृया दिएका थिए । उक्त सर्वेक्षणमा ४ सय जना अस्थायी करारका कर्मचारीहरु थिए

भने ६सय जना स्थायी कर्मचारीहरु रहेका थिए । ति सहभागीहरु मध्ये करिव ५ सय जना कार्यालयमा काम गर्नेहरु रहेका थिए भने १७८ जना उद्योगमा काम गर्ने मजदुर, २९९ जना सेवा उद्योग तथा २३ जना अन्य क्षेत्रमा काम गर्नेहरु रहेका थिए । सर्वेक्षण अनुसार करारमा काम गर्ने करिव ६५ प्रतिशत कर्मचारीहरुको तलव सुविधा कटौति गरिएको थियो भने सरकारी कर्मचारीहरु मध्ये ३५ प्रतिशतको तलव सुविधा कटौति गरिएको थियो ।

आयश्रोतका हिसावले करिव ७०.२ प्रतिशत १५ लाख आर्जन गर्नेहरुको तलव सुविधा कटौति गरिएको थियो भने २४.४ प्रतिशत ५० लाख तलव आर्जन गरिएका हरुको तलव सुविधा कटौति गरिएको थियो ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *