दक्षिण कोरियाले कोरोना उपचारका लागी ईबोलाको औषधी प्रयोग गर्ने !

कोरिया जानाकारी

सोल-दक्षिण कोरियाली स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण नियन्त्रणका लागि इबोला विरुद्ध प्रयोग गरिदै आएको औषधि प्रयोग हुने जनाएको छ । इबोला रोग बिरुद्ध प्रयोग हुने औषधी ‘रेम्डेभिसिर’ लाई स्वास्थ्य विज्ञहरुले गरेको क्लिनिकल टेस्टपछि आफ्नो देशमा प्रयोग गर्न दिने भएको हो । सो औषधि कोरोना संक्रमणका विरामीहरुलाई उपयोगी सिद्ध हुने विज्ञहरुको राय पश्चात सरकारले

आफ्नोृ देशमा सो औषधिका् प्रयोगमा अनुमति दिएको हो । कोरियाली स्वास्थय बिज्ञहरुले सो औषधिको विश्वसनीयता माथि गम्भिर तथा सुक्ष्म अध्ययन गरिरहेको तथा सो औषधिका क्लिनिकल परिक्षणहरुमा समेत उनीहरुको संलग्नता रहदै आएको बताउदै उक्त औषधिलाई कोरोना विरुद्ध प्रयोग गरिन लागिएको

कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रका सह निर्देशक क्वन जुन वुकले बताएका छन् । उक्त औषधी अमेरिकामा कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी सिद्ध भएपछि कोरियामा ल्याउन लागिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । कोरियामा स्थानीय बजारमा स्विकृत नभएका औषधिहरु स्थानीय कानुन अनुसार रोग तथा प्रकोप नियन्त्रण केन्द्रको सिफारिसमा मन्त्रालयले स्विकृत गरे पछि मात्र प्रयोगमा ल्याउन पाइन्छ ।

उक्त औषधिको निर्माता गिलेड साइन्सले दक्षिण कोरियाका ३ वटा अस्पतालहरुमा सो औषधिको परिक्षण गरिरहेको जनाएको छ । यता कोरियाली सरकारले सो औषधिको बारेमा प्रतिकृया दिनु अगाडि पर्ख र हेर को रणनीति लिएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *