दक्षिण कोरियाली सरकारले अबैधानिक कामदारलाई कोरियन नागरिक सरह राहत दिने !

कोरिया जानाकारी

सोल- कोरोना संक्रमणका कारण हाल विश्व स्तव्ध भएको छ । दक्षिण कोरिया पनि कोरोना माहामारीका कारण नराम्ररी पिरोलिएको छ ।नागरिकको जनजिवन कष्टकर बनेको छ भने आर्थिक गतिविधि शुन्य प्राय बनेको छ । अस्तव्यस्त जनजिवनमा केही मात्रामा मलम लगाउन बुछन नगर सरकारले आफ्नो नगर क्षेत्र भित्र बसोवास गर्ने सबै मानिसलाई जनही ४१ अमेरिकी डलरका दरले सहयोग गर्ने भएको छ ।

नगर सरकारका अधिकारीका अनुसार आप्रवासी तथा कोरियाली नागरिकलाइ समान सहयोग गरिने छ । अधिकारीले भनेका छन् – “यो समय मानवता हेर्ने समय भएका कारण सरकारले स्वदेशी, विदेशी, बैधानिक तथा अबैधानिक सबैलाई मानवताका दृष्टिकोणले हेरेर सरकारले राहत प्रदान गर्ने छ ।”

यस अघि सरकारले F-5 र F-6 बाहेकका भिसा बाहकलाइ सरकारी सुबिधा उपलव्ध गराएको थिएन । तर काउन्सिलर जुङ्ग जाई ह्युनले भने मानवता पहिलो प्राथमिकतामा पर्ने भएका कारण कागजात नभएका अबैधानिक नागरिकलाई समेत साहायता गरिन लागिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *