चिनिया राष्ट्रपतिलाई किमको बधाई सन्देश

कोरिया जानाकारी

सोल-उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले एक सन्देश पठाई चिनिया राष्ट्रपति सि जिङ पिङलाई शुभकामना तथा बधाइ दिएका छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमणको उद्गम स्थल समेत रहेको चीनले धैर्यतापुर्वक उक्त रोगलाई परास्त गरेकोमा उनले बधाई दिएका थिए । उत्तर कोरियाली सरकारी सञ्चार माध्यमका अनुसार किमले चिनिया राष्ट्रपति सीलाई

कोरोना बिरुद्दको लडाईमा पाएको सफलताका लागि उच्च सम्मान तथा बधाई व्यक्त गरेका थिए । किमले सि जिङ पिङको स्वास्थ जिवनको कामना गर्दै उनको नेतृत्वमा रहेको पार्टीले चिनिया जनताको विकास र समृद्दीमा पुर्याएको योगदानको खुलेर तारिफ समेत गरेको उत्तर कोरियाली सरकारी समाचार संस्था के सि एन ए ले जनाएको छ ।

उत्तर कोरियाले कोरोना संक्रमण सुरु भए यता चिनलाई दुई पटक आफ्नो सन्देश पठाईसकेको छ । समाचारका अनुसार कोरोना विरुद्द लड्न उत्तर कोरियाले चिनलाई सहयोग समेत गरेको छ तर के कति सहयोग गर्यो भन्ने बारे केही खुलाइएको छैन । विश्वभरबाट एक्ल्याइएको उत्तर कोरियाको चीन सँग भने एकदम घनिष्ट सम्बन्ध रहदै आएको छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *