दक्षिण कोरियामा अबैधानिक रुपमा बसेको कारण पक्राउ परि बिदेशी हिरासत गृहमा रहेका नेपालीले आफुलाई स्वदेश फर्किन बाटो खोलिदिनु पर्ने भन्दै हारगुहार गरेका छन् ।“भिसा नभएको कारण प्रहरीले पक्राउ गरेर हिरास गृहमा राखेको पनि डेढ महिना हुन लाग्यो , अपराधि जस्तै बसिरहेका छौ । न बाहिर निस्किन पाउछौ न स्वदेश फर्किन पाउछौ ” बिगत डेड महिना देखि कोरियाको
ह्वासंग स्थित बिदेशी हिरासत गृहमा रहेका एक नेपालीले हेल्लो नेपाल कोरिया डट कम संगको कुराकानीमा आफ्नो गुनासो पोखे । उनका अनुसार हाल उक्त हिरासत गृहमा ६ देखि ८ जना नेपाली छन् ।सबैसंग भेट गर्न नपाइने हुनाले पूर्ण संख्या भने आफुलाई पनि यकिन नभएको बताए उनी संगै बस्ने इलामका एक नेपाली
बिगत ५ महिना देखि उक्त जेलमा बस्दै आएको उनको भनाइ थियो ।” हिरासतमा जे जति नेपाली संग भेट भयो सबै को अबस्था उस्तै छ , बिना अपराध लामो समय देखि बन्दि भै बस्दा निकै नै मानसिक तनावमा परियो सबै जनाको चाहना नेपाल सरकारले उद्वार गर्दियोस भन्ने छ ” उनले भने कोरियामा बिना भिसा बसेका बिदेशी कामदारहरुलाई यहाको अध्यागम प्रहरीले पक्राउ गरिहाले केहि दीन बिदेशी हिरासत गृहमा राखी स्वदेश फर्काउने गर्दछ ।
यसरि पक्राउ परेकाहरु स्वदेश फर्किने कागजात तथा प्लेन टिकट नमिल्दा सम्म केहि दीन मात्र हिरासत गृहमा बस्नु पर्ने हुन्छ । भिसा नभएकै कारण उनिहारुलाई त्यस्तो आपाराधिक मुद्वा चलाइदैन। तर उनीहरु हाल नेपाल सरकाले गरेको लकडाउनका कारण महिनौ देखि कोरियाको बन्दि गृहमा अपराधि जस्तै बस्न बाध्य छन् ।हेल्लो नेपाल कोरिया डटकम मा किशन गौतमको रिपोर्ट