कोरोना बिरुद्ध दुई कोरियाले सहयोग आदानप्रदान गर्ने

कोरिया जानाकारी

सोल-दक्षिण कोरियाली एकिकरण मन्त्री किम योन चुलले महामारी तथा प्रकोप जन्य रोगहरुको रोकथामका लागि उत्तर र दक्षिण कोरिया मिलेर अगाडि बढ्नु पर्ने बताएका छन् । यसका लागि उनले दुई देशको संयुक्त कार्यदल बनाउनुपर्ने समेत औल्याएका छन् । उनका अनुसार यसो गर्न सकिए दुई देश बिच स्वास्थ्यका क्षेत्रमा सहकार्यको भावनामा वृद्धि हुने उनले विश्वास समेत गरेका छन् ।

यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै एकिकरण मन्त्री चुलले कोरोना संक्रमणले कोरियाली जनताको जन जिवनमा मात्र असर नगरेको बताउदै सो संक्रमणले सिङ्गो उत्तर दक्षिण कोरियाली सम्बन्धमा बाधा पुगेको बताएका छन् । कोरोना र यस्तै प्रकारका अन्य महामारीले दुबै देशलाई नराम्ररी असर गर्ने बताउदै

उनले यसकाे समाधानका लागि आवाज उठाउनु आफ्नो जिम्मेवारी रहेको समेत उल्लेख गरेका छन् । मन्त्री चुलले यसरि गरिने सहकार्य दिगो, विश्वसनीय तथा भरपर्दो हुनपर्नेमा पनि जोड दिएका छन् । स्वास्थ्य विज्ञहरुले पनि उत्तर र दक्षिणको संयुक्त प्रयासबाट विभिन्न रोगसँग लड्ने प्रभावकारी औषधि निर्माण गर्न सकिने बताएको भन्दै मन्त्रीले यो सहकार्य अपरिहार्य रहेको समेत बताएका छन् ।

मन्त्री चुलले आफ्नो यो प्रोजेक्ट राष्ट्रपति मुन जे ईन सरकारकै कार्यक्रमको निरन्तरता भएको पनि बताएका छन् । उनले मुनले लामो समयबाट उत्तर कोरियासँग स्वास्थ्यको क्षेत्रमा सहकार्य गर्ने अभिरुची देखाएको र पटक पटक यस बारेमा वार्ता समेत भएको बताउदै अब कार्यान्वयनको समय आएको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *