सोल-दक्षिण कोरियाली सरकारले एक सुचना जारी गर्दै त्यहाँ सञ्चालित क्लव तथा बारहरु एक महिना बन्द गर्न अनुरोध गरेको छ ।
राजधानी सोलको प्रसिद्ध इथेवन बारमा कोरोना संक्रमण पुष्टि भएपछि अन्य बार तथा क्लवहरुलाई पनि आफ्नो सेवा १ महिनाका लागि बन्द गर्न अनुरोध गरेको हो ।
सरकारले एक निर्देशिका बनाई शुक्रवार बेलुका ८ बजेबाट नै सेवा बन्द गर्न भनेको हो । सरकारले आफ्नो क्षेत्र, व्यवसायमा भ्रमण गर्ने जो कोहीको पनि सत्य र पूर्ण विवरण लिन पनि व्यवसायीहरुलाई भनेको छ ।
गत हप्ता सोलमा ५ वटा क्लव भ्रमण गरेका एक २९ बर्षिय नागरिकमा कोरोना संक्रमण पाइएपछि उनीबाट नयाँ क्लस्टर संक्रमण हुन सक्ने बताउदै सरकारले सजग हुन सबै व्यवसायीहरुलाई अनुरोध समेत गरेको छ ।
कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रका अनुसार एक कोरियाली सैनिक अधिकारी सहित १४ जनामा संक्रमण पाइए पश्चातस्थिति भयावह हुन सक्ने भएको हो । संक्रमितहरु सबै १९ देखि २९ बर्ष बिचका रहेका छन् । केन्द्रका अनुसार अधिकांश संक्रमितहरुले फेस मास्कको प्रयोग गरेका थिएनन् ।
यो संक्रमण अगाडी कोरियामा कोरोना संक्रमण शुन्य भएको बताउदै केन्द्रले ति २९ बर्षिय नागरिकमा संक्रमण कसरि फैलियो भन्ने बिषयमा गम्भिर अनुसन्धान भईरहेको समेत जनाएको छ ।Hotpati