दक्षिण कोरियामा १ महिना देखि नियन्त्रणमा आएको कोरोना भाइरसको सामुहिक संक्रमण पुनः देखा परेको छ ।
पछिल्लो समय राजधानी सियोलको ब्यास्त बजार इथेवन बाट सामुहिक संक्रमण शुरु भएको कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ ।
आइतबार मात्र ३४ जना नयाँ संक्रमित फेला परेका छन् ।
सो संख्या अप्रिल ९ पछिको सबैभन्दा धेरै हो ।स्वास्थ्य अधिकारीहरुका अनुसार बिदेशी हरुको बाक्लो उपश्थिति रहने इथेवन का बिभिन्न रात्रि क्लब हरुमा एक जना २९ बर्षिय भाइरस संक्रमित पुगेपछि त्यहि बाट संक्रमण शुरु भएको हो ।
उक्त संक्रमित ब्याक्ति मे १ देखि २ तारिख सम्म इथेवनका किंग क्लब , ट्रंक क्लब तथा क्लब क्विन लगाएतमा बिभिन्न स्थानहरुमा पुगेको बताइएको छ ।उक्त समयमा ति क्लबहरुमा १५ सय १० जनाको उपस्थिति रहेको अनुमान गरिएको छ ।
यसैबीच कोरोना भाइरसको सामुहिक संक्रमण देखा पर्न थालेपछि सरकाले सियोल आसपासका सम्पूर्ण क्लब तथा बारहरु बन्द गर्ने निर्णय गरेको छ । उक्त समयमा क्लबमा उपश्थित सबैलाई सम्पर्कमा ल्याई स्वास्थ्य परिक्षणको तयारि गरिएको बताएको छ ।
हाल दक्षिण कोरियामा कोरोना भाइरस संक्रमितको संख्या १० हजार ८ सय नाघेको छ भने ९ हजार भन्दा धेरै निको भैसकेका छन् ।हेल्लो नेपाल कोरिया बाट