कोरियामा कोरोना दोस्रो लहरमा बढ्ने खतरा!

कोरिया आज

कोरियामा आज मात्रै ३४ जना नयाॅ संक्रमितको संख्या बढेसगैॅ नियन्त्रण नजिक पुगेको भनिएको कोरोना कहर दोस्रो लहरमा फैलिनसक्ने खतरा बढेको छ।३४ जनामध्ये २६ जना क्लब गएका र ६ जना बिदेशबाट आएकामा संक्रमण देखिएको हो।यससगैॅ हालसम्म कोरियामा संक्रमितको संख्या १०,८७४ पुगेको छ।गत मे १ मध्यराती ईथेवनको ५ वटा क्लब गएका २९ बर्षिय युवालाई

मे ६ मा कोरोना संक्रमण पुष्टिभए सगॅै उक्त क्लबबाट क्लस्टर संक्रमण हुनेको संख्या ५४ पुगेको रोग नियन्त्रण केन्द्र(KCDC)ले जनाएको छ।जसमध्ये ४३ जना क्लब गएका र ११ जना उनीहरूको परिवार र क्लवका अधिकारीहरू रहेको खुलेको छ।करिब १५०० हारहारीमा मानिसहरू मे १ राती ईथेवनका क्लबहरू गएको भनिएको छ।

हालसम्म उक्त मानिसहरू मध्ये १५१० जनालाई कोरोना टेष्ट गरिएको बताईएको छ।सरकारले गत हप्ता ईथेवनका विभिन्न क्लब/बार गएका सबैलाई कोरोना परिक्षण गर्न र सेल्फ क्वारेन्टाईनमा बस्न अनुरोध पनि गरेको छ।यस सगैॅ सरकारले सबै ईथेवनका सबै क्लब/बारहरू सस्पेन्समा राखेको छ।

केही हप्ता अघिदेखि स्थानीय संक्रमण शुन्य देखिएपछि गत हप्ताबाट सामाजिक दुरी समेत हटाईएको कोरियामा अहिले पुन संक्रमण बढ्न थालेको हो।पछिल्लो दैनिक नयाॅ संक्रमित दर हेर्ने हो भने आजको संक्रमित संख्या गत अप्रिल १२ यताकै धेरै हो।
-योन्हाप न्युज

Leave a Reply

Your email address will not be published. Required fields are marked *