दक्षिण कोरिया सरकारले १० करोड ‘फेस मास्क’ स्टक राख्ने

कोरिया जानाकारी

सोल- दक्षिण कोरियाले कोरोना संक्रमणको पहिलो चरण पार गरेको भए पनि दोश्रो लहर आउन सक्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिइरहेका कारण हालबाटै उसले आफ्नो तयारी सुरु गरेको छ । सरकारले आपतकालीन स्थितिका लागि भन्दै करिव १० करोड ‘फेस मास्क स्टक’ राख्ने भएको छ । सरकारी अधिकारीहरुका अनुसार सरकारको यो कदमले निर्यात गर्दै आएका ७० देशहरुमा

निर्यात प्रभावित नहुने पनि स्पस्ट पारेको छ । सरकारले सो कदमका लागि बजेट समेत विनियोजन गरिसकेको दक्षिण कोरियाका खाद्य तथा औषधि सुरक्षा मन्त्री ली उयी क्युनले बताएका छन् । हाल विश्वका ७० बढी देशहरुबाट फेसमास्कका लागि आवेदनहरु आइरहेको पनि मन्त्रीले बताए ।

पहिले विभिन्न कारणले सामानहरुको निर्यातमा समस्या हुँदै आएकोमा हाल भने मानवीय साहायतालाई प्राथमिकतामा राखेर व्यापारिहरुले सिधै खरिद गरेर लैजान सक्ने पनि मन्त्रीले बताएका छन् । कोरोना संक्रमण बढे सँगै दक्षिण कोरियाले ठुलो परिमाणमा मास्क विक्रि तथा निर्यातमा प्रतिवन्ध लगाएको भएता पनि हाल आफू निर्यात गर्न सक्ने अवस्थामा आइपुगेको पनि मन्त्रीले बताएका छन् ।

हाल अमेरिका, जापान, फ्रान्स बेलायत लगायतका देशहरुबाट मास्क किन्न प्रस्तावहरु आइरहेको बताउदै मन्त्रीले चाँडै नै ठूलो परिमाणमा विदेश निर्यात समेत गर्ने बताएका छन् ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *