कोरियामा पुन कोरोना – इथेवन घुम्ने सबै पर्यटकले परीक्षण गर्नुपर्ने

कोरिया आज

सोल- दक्षिण कोरियामा कोरोना संक्रमण शुन्य भएको केही समय नवित्दै राजधानी सोल स्थित इथेवन क्षेत्रमा संक्रमण सुरु भएको छ ।

सो क्षेत्रमा रहेको क्लवबाट संक्रमण फैलिन सुरु भएका कारण उक्त स्थानका सम्पुर्ण क्लव, बार तथा लाइभ म्युजिक हाललाई एक महिनाका लागि बन्द समेत गरिएका छन् ।

यसै बिच दक्षिण कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रका अनुसार सरकारले उक्त स्थानको भ्रमण गर्ने सम्पुर्ण पर्यटकहरुको कोरोना संक्रमण परीक्षण गर्न निर्देशन दिएको छ ।

केन्द्रका अनुसार अप्रिल अन्तिमदेखि मे महिनाको पहिलो हप्तामा सोलको इथेवन लगायतका क्षेत्र भ्रमण गर्ने सम्पुर्ण स्वदेशी विदेशी पर्यटकहरुलाई अनिवार्य स्वास्थ्य परीक्षण गराउन निर्देशन दिईएको हो ।

केन्द्रका अनुसार सो क्षेत्रमा भ्रमण गर्ने अबैधानिक आप्रवासीहरुलाई पनि अन्यलाई सरह निशुल्क उपचार गरिने छ । केन्द्रले त्यस्ता व्यक्तिहरुलाई पनि सहज रुपमा १३३९ मा सम्पर्क गर्न भनेको छ ।

केन्द्रका अनुसार हाल सम्म ४ विदेशी नागरिक सहित ५४ जनामा कोरोना संक्रमण पाइएको छ । संक्रमित विदेशीहरुमा दुई जना फ्रान्सेली तथा २ जना अमेरिकी नागरिक रहेका छन् । क्लव सञ्चालक एक २९ बर्षिय नागरिकमा कोरोना संक्रमण पाइए पश्चात सो क्षेत्रमा संक्रमण फैलिएको हो ।

सरकारले भौतिक दुरिको नियमलाई केही खुकुलो बनाएर सार्वजनिक स्थलहरु सञ्चालनमा ल्याए पश्चात यो संक्रमण क्लस्टर तहमा पुगेका कारण सचेत रहन पनि केन्द्रले अनुरोध गरेको छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *