जापानमा एक यात्रुले छक्याउँदा २१२ यात्रु होटेल क्वारेन्टिनमा

काठमाडौं बन्द भएको ६ महिनापछि सरकारले केही सीमित गन्तब्यमा मंगलबारबाट व्यवसायिक उडान खोल्यो । त्यसमध्येको एउटा गन्तब्य हो, जापानको नारिता । यो गन्तब्यमा बुधबार राति काठमाडौंबाट उडेको जहाजले बिहीबार साँझ २१२ जना यात्रुलाई काठमाडौं ल्यायो । नारिताबाट जहाज चढ्ने बेला प्लेनमा सबै जना पीसीआर परीक्षण गरेका यात्रु मात्र भएकाले सबै जना घर जान पाउनेमा ढुक्क […]

Continue Reading

बिरामी भएपछि राजीनामा दिने भए जापानका प्रधानमन्त्रीले

टोकियो बिरामी भएपछि जापानका प्रधानमन्त्री सिन्जो आबेले पदावधि सकिनु एक वर्षअगावै राजीनामा दिने भएका छन्। जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार ६५ वर्षीय प्रधानमन्त्री आबेले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। उक्त सम्बोधनबाट उनले राजीनामा दिन लागेका बताइएको छ। ‘आफ्नो स्वास्थ्यका कारण सरकारको काममा असर नपरोस् भनेर उहाँले राजीनामा दिने निर्णय गर्नुभएको हो,’ उनीनिकट स्रोतले भनेको […]

Continue Reading

जापानमा भाइरस निःसंक्रमण गर्न मोबाइल फोन पसलमा एआईको प्रयोग

टोकियो जापानका प्रमुख मोबाइल फोन कम्पनीहरुले कोरोना भाइरसको संक्रमण फैलिन नदिन निःसंक्रमण गर्न कृत्रिम बौद्धिकताको प्रयोग गरेका छन् । मंगलबार दूरसञ्चार कम्पनी केडीडीआईले एउटा स्टार्ट अप कम्पनीले विकास गरेको नयाँ प्रणाली लञ्च गरेको छ ।लञ्च कार्यक्रमको आयोजना टोकियोमा इकेबुकुरो रेल्वे स्टेशन नजिक ‘एयू’ मोबाइल फोन पसलमा गरिएको थियो । स्टोरमा क्यामराहरु जडान गरिएको छ । […]

Continue Reading

जापानमा के काम गर्न कुन भिषा चाहिन्छ ?

टोकियो आजको यस लेखमा भने हामीहरु जापानमा काम गर्नका लागि कुन आवासीय हैसियत अर्थात् भिषा चाहिन्छ भन्ने बारे कुरा गर्नेछौं । हरेक वर्गिकरणअनुसार पेशाको उदाहरण कूटनीतिज्ञ (Diplomat) राजदूत, मन्त्री, वा महावाणिज्य दूत, विदेशी सरकारको प्रतिनिधि सदस्य र तीनका परिवारका सदस्य अधिकारी (Official) दूतावासको कर्मचारी वा विदेशी सरकारको वाणिज्य दूतावास, अन्तरराष्ट्रिय संघ संस्थाले आधिकारिक कार्यभार खटाएर […]

Continue Reading

टिकटकमाथि जापानमा पनि प्रतिबन्ध !

टोकियो लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमाथि जापानले समेत प्रतिबन्ध लगाउने सम्भावना बढेको छ । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका सांसदहरुले टिकटकमाथि बन्देज लगाउने कदम अगाडि बढाउने निर्णय गरेका हुन् । जापानी प्रयोगकर्ताका डाटाहरु अन्ततः टिकटकमार्फत् चिनिया सरकारको हातमा पुग्ने गरेको भन्दै आलोचना भएसँगै जापानको सत्तारुढ दल टिकटकमाथि प्रतिबन्ध लगाउने सोँचमा पुगेको बताइएको छ । जापानका […]

Continue Reading

जापानमा बाढीका कारण मृ’त्यु हुनेको संख्या ५० पुग्यो, दर्जनौं अझै बेपत्ता

टोकियो जापानको दक्षिणी नगरहरुमा भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण ५० जनाभन्दा बढीको मृ’त्यु भएको छ भने दर्जनौं व्यक्ति अझै बेपत्ता भएका छन् । सेना सहितका उद्धारकर्ताहरुले मंगलबार बिहानैदेखि उद्धार र बेपत्ता मानिसको खोजीलाई तिब्र बनाएका छन् ।जापानको दक्षिणी क्षेत्र क्युसुमा गत शुक्रबारदेखिको भिषण वर्षाका कारण बाढीले व्यापक जनधनको क्षति गरेको अधिकारीहरुले बताएका छन् […]

Continue Reading

फयामिली मार्टको केही स्टोरमा रोबोटले काम थाल्ने

टोकियो जापानको कन्भिनियन्स स्टोर चेन फयामिली मार्टले रोबोट प्रयोग गर्ने भएको छ । टोकियोमा रहेका केही स्टोरमा कम्पनीले यही गर्मी महिनादेखि सञ्चालन लागत कम गर्न र समग्र कार्यकुशलता बढाउनका लागि रिमोट कन्ट्रोल्ड रोबोटको प्रयोग गर्ने भएको हो । रोबोटको डिजाइन रोबोटिक्स कम्पनी टेलएक्जिटेन्सले गरेको हो । रोबोटको प्रयोग स्टोरका तखतामा सामान राख्न प्रयोग गरिनेछ । […]

Continue Reading

जापानमा बाढि पहिरोमा परि ३४ जनाको मृ’त्यु, १४ जना बेपत्ता

टोकियो दक्षिण पश्चिम जापानका विभिन्न स्थानहरुमा शुक्रबार र शनिवारको परेको भिषण वर्षापछि आएको बाढी, पहिरो र डुबानमा ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ । बाढी, पहिरो र डुबानबाट नराम्रोसंग प्रभावित बनेको कुमामोतो र खागोशिमा प्रिफेक्चर प्रान्तका विभिन्न स्थानहरुमा १४ जना बेपत्ता छन् । कुमामोतो प्रिफेक्चरमा एक दशक यताकै ठूलो बर्षाले नदिहरुको सतह बढ्दा वस्ति क्षेत्रमा […]

Continue Reading

जापानमा कोरोना संक्रमितको संख्या मे ९ यता पहिलो पटक सय नाघ्यो

टोकियो जापानमा दैनिक कोरोना संक्रमितको संख्या सय नाघेको छ । शुक्रवार यहाँ थप १०३ नयाँ संक्रमित भेटिएका छन् । संक्रमितको दैनिक संख्या सय नाघेको मे ९ यता पहिलो पटक हो । शुक्रवार फेला परेका संक्रमित मध्ये ५४ जना टोकियोमा फेला परेको हो । योसँगै जापानमा दैनिक रुपमा संक्रमितको संख्या ५० नाघेको यो लगातार तेस्रो दिन […]

Continue Reading

जापानले बनायो संसारकै फास्ट सुपर कम्प्युटर, कोरोनाविरुद्धको लडाइँमा खटाइने

चीन तथा अमेरिकालाई पछि पार्दै जापानले विश्वकै सबैभन्दा तीव्र गतिको सुपर कम्प्युटर निर्माण गरेको छ । जापानको राइकिन रिसर्च इन्स्टिच्युट तथा फुजित्सु लिमिटेड नामक कम्पनीले मिलेर दुनियाँकै तीव्र गतिको कम्प्युटर निर्माण गरेको हो । दुनियाँकै तेज उक्त कम्प्युटरलाई कोरोना भाइरस महामारीविरुद्धको लडाइँमा प्रयोग गर्ने बताइएको छ । विश्वका सुपर कम्प्युटरहरूको सूची प्रकाशित हुने उत्कृष्ट ५०० […]

Continue Reading