एप्पलकै बाटोमा सामसुङ, स्मार्टफोनसँग चार्जर र इयरफोन नदिने

एप्पलले हालै सार्वजनिक आइफोन १२ सिरिजसँग चार्जर तथा इयरफोन नदिने घोषणा गरेसँगै आइफोन प्रयोगकर्ताहरु मात्र होइन विभिन्न स्मार्टफोन कम्पनीहरुले पनि एप्पलको आलोचना गरे ,यद्यपि स्मार्टफोनसँगै चार्जर र इयरफोन नदिने एप्पलको उक्त काइदालाई अन्य कम्पनीहरुले पछ्याउँदै छन् । एक रिपोर्ट अनुसार दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्नो आगामी फ्लागसिप स्मार्टफोनसँग चार्जर तथा इयरफोन नदिने योजना बनाएको छ […]

Continue Reading

नाष्टद्वारा कोरोना महामारी न्यूनीकरणमा सहयोगी बन्न सक्ने रोबोट सार्वजनिक

सुचना/प्रविधि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले कोरोनाको प्रभाव न्यूनीकरणमा सहयोगी बन्न सक्ने रोबोट ‘यान्त्रिका’ सार्वजनिक गरेको छ। हाल यान्त्रिकाले नाष्टको कार्यालय परिसरभित्र सेवा दिने निर्माणकर्ता समेत रहेका नाष्टका प्राविधिक अधिकृत इन्जिनियर रोशन पाण्डेले जानकारी दिए। प्रतिष्ठानमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुष्पराज कणेंलले ‘यान्त्रिका’ नाम गरेको रोबोट सार्वजनिक गरेका हुन्। इन्जिनियर […]

Continue Reading

एप्पल सिइओ बल्ल बने डलर अर्बपति, किन छ कम सम्पत्ति ?

काठमाडौं विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल एप्पलका सिइओ टिम कुक पहिलो पटक डलर अर्बपति बन्न सफल भएका छन् । एप्पल कम्पनीको शेयर मूल्यमा भएको बढोत्तरीसँगै कुकको सम्पत्ति १ अर्ब डलर नाघेपछि उनी विश्वका अर्बपतिहरुको सूचिमा अटाउन सफल भएका हुन् । एप्पल कम्पनीमा उनको झण्डै साढे ८ लाख कित्ता शेयर छ भने गत वर्ष उनले […]

Continue Reading

एप्पल संस्थापकले युट्युबविरुद्ध मुद्दा हाले

काठमाडौं एप्पल कम्पनीका सहसंस्थापक स्टिभ वोज्नियाकले भिडियो शेयरिङ प्लाटफर्म युट्युबविरुद्ध मुद्दा हालेका छन् । स्टिभ जब्ससँगै एप्पल कम्पनीको स्थापना गरेका वोज्नियाकले बिटक्वाइनसम्बन्धी फर्जी भिडियो विज्ञापनमा आफ्नो नाम दुरुपयोग गरिएको र सो भिडियो प्रसारण नगर्न अनुरोध गर्दासमेत युट्युबले अस्विकार गरेको भन्दै युट्युबविरुद्ध मुद्दा हालेका हुन् । युट्युबविरुद्ध क्यालिफोर्नियाको उच्च अदालतमा वोज्नियाकसहित १७ जनाले मुद्दा दायर गरेका […]

Continue Reading

सिलिकन भ्यालीका ठूला कम्पनीहरु किन गर्दैछन् भारतमा लगानी ?

सुचना/प्रविधी वर्ष सन् २०२० सुरु भएयता अमेरिकाका ठूला प्रविधि कम्पनीहरुले भारतमा झण्डै १७ अर्ब डलर लगानी गरिसकेका छन् । अमेजनले गत जनवरीमा १ अर्ब डलर भारतमा लगानी गर्ने घोषणा गर्‍यो । त्यसपछि गत अपि्रलको अन्त्यतिर फेसबुकले ६ अर्ब भारतमा डलर लगानी गरेको खबर पुरानो नहुँदै गुगलले सबैलाई पछि पार्दै १० अर्ब डलर लगानीको घोषणा गरेको […]

Continue Reading

यो हो संसारकै महंगो मेमोरी ड्राइभः क्षमता १०० टिबी, मूल्य ४० हजार डलर

एजेन्सी अमेरिकी डाटा स्टोरेज कम्पनी निम्बुस डाटाले विश्वकै सबैभन्दा महंगो स्टोरेज ड्राइभ बजारमा ल्याएको छ । १ सय टेराबाइट स्टोरेज क्षमताको उक्त सोलिड स्टेट ड्राइभ (एसएसडी) को मूल्य ४० हजार अमेरिकी डलर तोकिएको छ । सबैभन्दा ठूलो सोलिड–स्टेट ड्राइभ अर्थात् मेमोरी ड्राइभ उत्पादन गर्ने कम्पनीको रुपमा विश्व किर्तिमान कायम गरेको निम्बुस डाटाले यसअघि केवल खरीद […]

Continue Reading

केही दिनमा नै हङकङबाट बाहिरिँदै टिकटक

काठमाडौं चिनियाँ सर्ट भिडियो एप टिकटकले अबको केही दिनमा हङकङमा आफ्नो सेवा बन्द गर्ने बताएको छ । चीनले नयाँ राष्ट्रिय सुरक्षा कानुन ल्याएसँगै टिकटकले अबको केही दिनमा हङकङमा आफ्नो सेवा बन्द गर्ने निर्णय गरेको हो । यसअघि सामाजिक सञ्जाल कम्पनीहरु फेसबुक र ट्विटरले पनि हङकङ प्रहरीसँग सूचनाको लागि गर्दै आएको सहकार्य रोक्ने निर्णय गरेका थिए […]

Continue Reading

गुगलले ल्यायो नयाँ सोसल मिडिया एप, गुगल करेन्ट्स्

सुचना/प्रविधि गुगलले आफ्नो नयाँ सोसल मिडिया एप सार्वजनिक गरेको छ । गुगलको नयाँ सोसल मिडिया एपको नाम गुगल करेन्ट्स् न्ययनभि ऋगचचभलतक रहेको छ । गुगलले यसअघि नै बन्द गरिसकेको गुगल प्लसको नयाँ संस्करणको रुपमा गुगल करेन्ट्स लञ्च गरिएको हो ।गुगल करेन्ट्सलाई गुगलले प्ले स्टोर तथा एपस्टोर दुबै प्लाटफर्ममा उपलब्ध गराइसकेको छ । यद्यपि यो एप […]

Continue Reading

के बहिष्कार अभियानले डुबाउला फेसबुकलाई ?

सुचना/प्रविधि अठारौँ शताब्दीको उत्तरार्धमा चलेको ध्वंशवादी आन्दोलनले दासहरुद्वारा उत्पादित सामानहरु प्रयोग नगर्न बेलायती जनतालाई उत्प्रेरित गरेको थियो । आन्दोलनको अपिल निकै प्रभावकारी बन्यो । झण्डै ३ लाख मानिसले चिनी खरीद गर्न बन्द गरे । जनताले चिनी किन्न छाडेको त्यो घटनाले दासत्व अन्त्य गर्नमा दबाब सिर्जना गर्यो । ‘स्टप हेट फर प्रोफिट’ अर्थात ‘नाफाका लागि घृणा […]

Continue Reading

फेसबुकका डाटा चोर्ने २५ एपमाथि गुगलको प्रतिबन्ध

सुचना/प्रविधि गुगलले आफ्नो गुगल प्ले स्टोरबाट विभिन्न २५ वटा एन्ड्रोइड एपहरुलाई हटाइदिएको छ । फेसबुक प्रयोगकर्ताका लगइन डाटाहरुको चोरीमा ती एपहरु संलग्न रहेको विषयमा साइबर सेक्योरिटी कम्पनी एभिनाले खुलासा गरेसँगै गुगलले यस्तो कदम चालेको हो । ती एपहरुमा मालवेयर रहेका र त्यस मार्फत स्मार्टफोन प्रयोगकर्ताका फेसबुक लगइन डाटाहरु चोरिने गरिएको एभिनाले खुलासा गरेको थियो । […]

Continue Reading